
- नवलपरासीमा कार दुर्घटना हुँदा अर्घाखाँचीका मणिराम पौडेलको मृत्यु भएको छ।
- बुटवलबाट नारायणगढ जाँदै गर्दा कार अनियन्त्रित भई पुलबाट खोल्सामा खसेको हो।
- दुर्घटनामा घाइते भएका पौडेलका छोरा हरिशचन्द्रको अस्पतालमा उपचार भइरहेको छ।
अर्घाखाँची । नेपाली कांग्रेसका नेता पाणिनी धातिबाङका मणिराम पौडेलको कार दुर्घटनामा मृत्यु भएको छ ।
बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको प्रदेश नं.३–०१–०२३ च ५०७५ नम्बरको कार नवलपरासीमा अनियन्त्रि भई दुर्घटना हुँदा सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित पुलबाट खोल्सामा खस्दा अर्घाखाँचीको पाणिनी गाउँपालिका–६ माझागाउँ बस्ने ८० वर्षीय मणिराम पौडेलको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी विरदत्त पन्तका अनुसार दुर्घटनामा कार चालक पौडेलका छोरा हरिशचन्द्र घाइते भएका छन्। अवस्था सामान्य रहेको उनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ। कारमा बाबु छोरा मात्र सवार रहेको प्रहरीले जनाएको छ।













