१६ दिने अभियानमा अध्यक्ष न्यौपाने : व्यवहार परिवर्तनबिना लैंगिक हिंसा रोकिँदैन

अर्घाखाँची । पाणिनि गाउँपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत कानुनी परामर्श तथा अन्तरक्रिया कार्यक्रम गरेको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले लैंगिक हिंसा अन्त्यका लागि व्यक्तिगत रूपमा आफैँबाट सुरुवात आवश्यक रहेको बताएका छन्।

उनले लैंगिक हिंसाका घटनाहरू घटाउन घर–परिवार, समाज र संस्थात्मक तहबाट समान रूपमा पहल र व्यवहार परिवर्तन अनिवार्य रहेको बताए । न्यौपानेले भने “लैंगिक हिंसा नेपालको सन्दर्भमा अब सान्दर्भिक नरहेको, तर अझै पनि विभिन्न रूपमै हिंसा लुकेरै भइरहेको छ । त्यसैले सचेतना, सूचना प्रवाह र सुरक्षित वातावरण निर्माण अत्यन्तै आवश्यक छ।”

उनका अनुसार पाणिनि गाउँपालिकाले महिलामैत्री, बालमैत्री र ज्येष्ठ नागरिकमैत्री नीतिहरू कार्यान्वयन गर्न विभिन्न सरोकारवाला संस्थासँग सहकार्य गर्ने योजना बनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?