वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake का नयाँ विद्यार्थीहरूका लागि आयोजित शैक्षिक अभिमुखीकरण कार्यक्रम (Academic Orientation Program) पाल्पाको मनोरम स्थल सीतल फर्म (Seetal Farm, Palpa) मा उत्साहपूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन सत्रमा विद्यार्थीहरूलाई स्वागत गर्दै कलेजका प्राचार्य अधिवक्ता किसु शर्मा ले वेस्टर्न मेगा कलेजले सुरु देखि नै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने दृढ प्रतिबद्धता राख्दै आएको उल्लेख गर्नुभयो। उहाँले कलेजले प्रयोगात्मक तथा अनुभवमूलक शिक्षालाई केन्द्रमा राखी Industrial Visit, Guest Lecture, Workshop, Field Exposure, तथा Skill-based Learning Activities जस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

प्राचार्य शर्माले MBA अध्ययनलाई ज्ञान, सीप र व्यावहारिक क्षमताको संयोजन मानिने भएकाले कलेजले विद्यार्थीहरूलाई उद्योग व्यवसायसँग थप नजिक पुर्‍याउने कार्यक्रमहरू विस्तार गरिरहेको बताउनुभयो। साथै कलेजले ग्राजुएट विद्यार्थीहरूका लागि Job Placement सुदृढ बनाउँदै उद्योगसँग सहकार्य गर्दै आइरहेको पनि उल्लेख गर्नुभयो।

शिक्षक, शिक्षिकाहरूलाई Discussion-based Methodology, Case Study, Presentation, Group Work, तथा Research-oriented Teaching लाई प्राथमिकता दिन आग्रह गरिएको प्राचार्य शर्माले बताउनु भयो । यसले विद्यार्थीहरूलाई विश्लेषण क्षमता, नेतृत्व कौशल, सञ्चार सीप तथा पेशागत अनुशासन विकासमा सहयोग पुग्ने उहाले बताउनु भयो।

कार्यक्रमको समापन सत्रमा कलेजका अध्यक्ष मेघराज पन्थ ले MBA कार्यक्रम विद्यार्थीको चौतर्फी विकास, शैक्षिक उत्कृष्टता र व्यक्तित्व निर्माणमा केन्द्रित हुने भएकाले संस्था निरन्तर गुणस्तरीय शिक्षाको प्रवाहमा समर्पित रहँदै आएको स्पष्ट पार्नुभयो। उहाँले कलेजले भविष्यमा पनि व्यावहारिक सिकाइ, उद्योग सहकार्य, अनुसन्धानमैत्री वातावरण, र विद्यार्थी क्षमताविकासलाई मुख्य प्राथमिकताका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा MBA बिद्यार्थी तथा शिक्षकहरुको उपस्थिति रहेको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?