राष्ट्रिय ज्योतिष सम्मेलन २०८२ सम्पन्न

समाचार सारांश
Auto Generated by AI
  • काठमाडौँमा राष्ट्रिय ज्योतिष सम्मेलन-२०८२ भव्य रूपमा सम्पन्न भएको छ।
  • विभिन्न संस्थाका पदाधिकारी र विज्ञहरूले सम्मेलनमा ज्योतिष विषयमा मन्तव्य राखेका छन्।
  • कार्यक्रममा नयाँ पदाधिकारी र उत्कृष्ट ज्योतिषीहरूलाई सम्मान गरिएको छ।

काठमाडौँ । विश्व ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालको आयोजना, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपाल, नेपाल ज्योतिष परिषद् केन्द्रीय समिति र राष्ट्रिय महिला ज्योतिष संघको सहआयोजनामा राष्ट्रिय ज्योतिष सम्मेलन-२०८२ ऐतिहासिक रूपमा सप्पन्न भएको छ ।

काठमाडौँको पिंगलास्थान स्थित होटल पौवामा भएको सम्मेलनमा नेपाल पन्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.शम्भुप्रसाद ढकाल, कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थी, पुर्व अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारी, पुर्व कार्यकारी निर्देशक  सुर्यप्रसाद ढुंगेल, विश्व ज्योतिष महासंघका केन्द्रीय अध्यक्ष डा.लोकराज पौडेल, अन्तर्राष्ट्रिय सभापति डा.अशोककुमार मिश्र,  वरिष्ठ उपाध्यक्ष विष्णुदत्त लेखक, दक्षिण एसियाली ज्योतिष महासंघका पुर्व अध्यक्ष प्राडा माधवप्रसाद पाण्डेय, महासचिव भरतमणी ज्ञवाली, नेपाल ज्योतिष परिषद्का पुर्व अध्यक्ष माधवराज पाण्डे, उपाध्यक्ष मदन चौबे, राष्ट्रिय महिला ज्योतिष संघका अध्यक्ष रतिदेवी जोशी, विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश सभापति जनार्दन न्यौपाने, दक्षिण एसियाली ज्योतिष महासंघ गण्डकी प्रदेश सभापति विष्णुप्रसाद सुवेदी लगायतले विभिन्न विषयमा प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल पन्चाङ्ग निर्णायक विकास समितिका नवनियुक्त पदाधिकारी सदस्यहरु एवम् केहि उत्कृष्ट ज्योतिषी गुरुहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रम विश्व ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका सभापति देवराज गौतमको सभापतित्व, नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका कार्यकारी सभापति कमलप्रसाद काफ्लेको स्वागत, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका सभापति खिलनाथ काफ्लेको धन्यवाद एवम् शिवलाल पौडेल र रविन पंगेनीको सहजीकरणमा सप्पन्न भएको आयोजकले बताएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?