इन्तु-किन्तु-परन्तु केही चल्दैन, विशेष महाधिवेशन हुन्छ : पुष्पा भुसाल

काठमाडौं । नेपाली कांग्रेसकि केन्द्रीय सदस्य नेतृ पुष्पा भुसालले पार्टीभित्र देखिएको अन्योल र विवादलाई अन्त्य गर्दै विशेष महाधिवेशन अनिवार्य रूपमा हुने स्पष्ट पारेकी छन्।

उनले काठमाडौंमा अर्घाखाँची युथ कांग्रेसद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै विधानले दिएको अधिकार प्रयोग गर्दै विशेष महाधिवेशन गरिनु अपरिहार्य भएको बताउँदै यस विषयमा कुनै सम्झौता नहुने धारणा व्यक्त गरिन्।

भुसालले भनिन्, “इन्तु, किन्तु, परन्तु केही चल्दैन। विशेष महाधिवेशन हुन्छ। यो पार्टी विधानले दिएको अधिकार हो।” पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउन र वैधानिक प्रक्रिया पूरा गर्न विशेष महाधिवेशन आवश्यक रहेको उनको भनाइ थियो।

उनले वर्तमान राजनीतिक परिस्थितिमा अन्य पार्टीका नेतालाई प्रधानमन्त्री स्वीकार गर्न कांग्रेस तयार नरहेको स्पष्ट पार्दै पार्टीको स्वाभिमान र सिद्धान्तमा कुनै सम्झौता नगर्ने बताइन्। “अरू पार्टीको नेतालाई प्रधानमन्त्री मान्न हामी तयार छैनौं,” भुसालले जोड दिइन्।

नेतृ भुसालले विधान बमोजिम महाधिवेशन प्रतिनिधिहरूको अधिकार सुरक्षित गर्न केन्द्रिय समितिले हरसम्भव प्रयास गर्ने विश्वास व्यक्त गरिन्। प्रतिनिधिहरूको मत, अधिकार र भूमिकालाई कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने उनको भनाइ थियो।

संस्थापन पक्षले महाधिवेशन ढिलो गर्ने भएपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पौष २७ र २८ गते विशेष महाधिवेशनको तयारी गरेका छन ।

महाधिवेशन स्थल भृकुटीमण्डपमा नेता कार्यकर्ताको चहलपहल बढेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?