अर्जुनदृष्टि। बुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा राजधानी बाहिर पाचौं युवा उद्यमी सम्मेलन सम्पन्न भएको छ। बुटवल स्थित पाँचतारे होटल ह्यात प्यालेसको सभाहलमा सम्मेलन सम्पन्न भएको हो ।
युवा उद्यमी सम्मेलनमा देशभरबाट करिब ५ सय युवा, विद्यार्थी र उद्दमीहरुको सहभागीता रहेको थियो। युवा उद्यमशिलता विकास गर्ने, नयाँ उद्यमीहरुको खोजी तथा मुलुक भित्र प्रयाप्त अवसर, संभावनाको खोजी गरि आम युवाहरूलाई मुलुक भित्र आफ्नो सुनौलो भविष्य खोज्न र रोज्न सम्मेलन केन्द्रित रहेको आयोजक नेपाली युवा उद्दमी मञ्च रुपन्देही अध्यक्ष आदर्श श्रेष्ठले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेले उद्दमशिलताका विभिन्न क्षेत्रमा आफुहरुले स्थानीय सरकारको भुमिकाबाट युवासग सम्बन्धित उद्यमशिलता प्रोत्साहन र निर्माणमा काम गरेको बताउदै पाँचौ युवा उद्दमी सम्मेलनले युवा उद्दमशिलतालाइ अझै प्रबर्द्धन, विकास र विस्तार बनाउनेमा आफुहरु विस्वस्त रहेको वताएका थिए ।
सम्मेलनमा विभिन्न सफल उद्यमीहरुको प्रस्तुतीहरु रहेका थिए। सम्मेलनमा किनोट स्पिकर जुनोका फाउन्डर बालकृष्ण जोसीले अहिले डिजिटल युग भएकोले यसको माध्यमबाट मनग्ये नेपाल मै आम्दानी गर्न सकिने बताएका थिए ।
सम्मेलनमा इन्टरप्रेनल नेपाल मनि मित्रका फाउन्डर सन्जोग कोइराला, कम्युनिकेशन अल्केमी गिल्डका फाउन्डर मान्सी अग्रवाल, मिस नेपाल २०१० सदिक्षा श्रेष्ठ, ट्यान्जिवलका फाउन्डर सिइयो आलोक खत्रीले एआइ, डिजिटल प्रयोग र अन्लाईन कन्टेन क्रीटेर गरेर त्यसबाट हुने आम्दानी बारे प्रशिक्षण दिएका थिए।
त्यस्तै सम्मेलनको अर्को महत्त्वपूर्ण कार्यक्रम प्यानल डिस्कसन रहेको थियो। प्यानलिस्टहरुमा काठमाडौ फिनटेकका सन्जिव सुब्बा, किङ्स कलेज नेपालका असिस्टेन्ट प्रोफेसर कृष्ण खनाल, पर्सनल ब्रान्डिङ्ग कोच/मार्केटिङ कन्सल्टान्ट रिया श्रेष्ठ, अरबाइट सोलुसन डाइरेक्टर / हेड अफ इन्जिनियरिङ प्लानटुरा जिएमबिएच अविनास कुन्डलिया, क्युएफएक्स सिनेमा ब्रान्ड अनर/ टिम क्युस्ट प्रालिका जिएम तृप्ती गिरि रहेका थिए । प्यानल डिसकसनको मोडेरेटर लिड एट सिक्युरिटीपलका ड्राविड सुवेदी र मिस नेपाल २०१० सदिक्षा श्रेष्ठले सम्मेलनको उद्घघोषण गरेका थिए।
पाचौं युवा सम्मेलनबाट बिषेशगरी युवा उद्यमीहरुको बीचमा सम्पर्क सन्जाल विस्तार, नयाँ आउन लागेका नवोदित उद्यमीहरुको बीचमा प्रेरणादायी सम्बन्ध बिस्तारका साथै व्यवसायिक भावनाको एकता, नयाँ व्यवसाय सुरुवातको प्रक्रिया, डिजिटल अवसर, चुनौतिको बारे ज्ञान् हासिल गरेको सहभागीहरुले बताएका थिए।
उत्साहजनक सहभागीतामा स्वदेश मै युवा उद्यमशिलता जागरण पैदा गर्नको लागि राजधानी बाहिर मोफसलमा पाँचौ पटक सफलतापुर्वक सम्मेलन सम्पन्न भएको प्रथम अनिष कसौधनले जानकारी दिए।












