सन्धिखर्कमा भयावह दुर्घटना : टिप्परको ठक्करबाट युवकको मृत्यु

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको सन्धिखर्कमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।
  • दुर्घटनामा गम्भीर घाइते भएका ३२ वर्षीय उमेश खत्रीको उपचारका क्रममा ज्यान गएको हो।
  • ठक्कर दिने टिप्पर प्रहरीले नियन्त्रणमा लिए पनि चालक फरार रहेका छन्।

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ टारीमा टिप्परको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।

शुक्रबार साँझ करिब ७ बजेर २० मिनेटको समयमा सालझण्डी–ढोरपाटन सडकखण्ड अन्तर्गत हंसपुरबाट टारीतर्फ आउँदै गरेको लु १ क ५१३३ नम्बरको बालुवा लोड गरेको टिप्परले पैदल हिँडिरहेका मालारानी गाउँपालिका–५ निवासी अन्दाजी ३२ वर्षीय उमेश खत्रीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा खत्रीको बाँया हात र टाउकोमा गम्भीर चोट लागेको थियो। घाइते खत्रीलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएकोमा साँझ ८ बजेर २० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीले ठक्कर दिएको टिप्पर मालारानी गाउँपालिका–५ बागी क्षेत्रबाट नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको र खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?