प्रतिनिधिसभा निर्वाचन अर्घाखाँची : १०२ मतदान स्थल, २५ वटा अतिसंवेदनशील

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीमा १०२ मतदान स्थलमध्ये २५ वटालाई अतिसंवेदनशील सूचीमा राखिएको छ।
  • सुरक्षा अवस्था र भौगोलिक बनावटका आधारमा जिल्लाका सबै मतदान स्थलको वर्गीकरण गरिएको छ।
  • निर्वाचनमा १ लाख ७१ हजार ६५२ मतदाताले १५ जना उम्मेदवारका लागि मतदान गर्नेछन्।

अर्घाखाँची । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा अर्घाखाँचीका २५ वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।

जिल्लामा रहेका कुल १०२ मतदान स्थलमध्ये ३७ वटा संवेदनशील र ४० वटा सामान्य सूचीमा परेका छन् ।

जिल्ला सुरक्षा समितिले जिल्लाका सबै मतदान स्थलको अवस्था मूल्यांकन गरी सुरक्षाको अवस्था, भौगोलिक बनावट र विगतका गतिविधिलाई आधार मानेर सबै मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरेको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराइले जानकारी दिए ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि राजनीतिक दल, उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले प्रतिबद्धता जनाएको पनि प्रशासनले जनाएको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा १ सय २ मतदान स्थलमा यसपटक २ सय ९ मतदान केन्द्र तोकिएका छन् ।

प्रतिनिधि सभा निर्वाचन २०८२ मा अर्घाखाँचीबाट एक लाख ७१ हजार ६ सय ५२ मतदाताले मतदान गर्न पाउनेछन् भने विभिन्न राजनैतिक दल र स्वतन्त्र गरि १५ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?