बिष्णु मुस्कानको प्रतिबद्धता: “चुनाब जिते पछि पनि अर्घाखाँचीकै जनतासँगै रहने छु”

नेपाली कांग्रेस भुमिकास्थान नगर समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार मुस्कानले आफू जनताबाट टाढा नभई अर्घाखाँचीकै जनतासँग जिल्लामै बसेर काम गर्ने बताएका हुन् । उनले विकास निर्माणका योजनाको काम र सदनको बैठकका समय बाहेक अधिकांश समय जिल्लामै रहने स्पष्ट पारे ।

कार्यक्रममा उनले भने, “म तपाईँहरूसँगै जिल्लामै बसेर यहाँको विकास निर्माण र समस्याको समाधानका विषयमा तपाईँहरूसँगै छलफल गर्दै अघि बढ्नेछु ।”

उम्मेदवार मुस्कानले आफू कुरा भन्दा काम गरेर देखाउने व्यक्ति भएको दाबी गर्दै जिल्लाका आम समस्याको समाधानका लागि विगतमा पनि सक्रिय रहेको र आगामी दिनमा अझ प्रभावकारी ढंगले लागिरहने बताए । उनले जिल्लामै रोजगारी सिर्जना, कृषिमा आधुनिकीकरण, बजार व्यवस्थापन, पर्यटन प्रवर्द्धन, बादर र बनेल नियन्त्रण, खानेपानी, स्वास्थ्य र निःशुल्क शिक्षा जस्ता विषयमा नीति निर्माणका लागि सदनमा बलियो आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले अहिलेको आवश्यकता चुनाव जित्नु भएको उल्लेख गर्दै जिल्लावासी सबैलाई मतदानमा सहभागी भई सहयोग गर्न आग्रह समेत गरे ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?