मतदातालाई निरास नबनाउने उम्मेदवार बिष्णु “मुस्कान” को प्रतिबद्धता

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बिष्णु प्रसाद खनाल “मुस्कान” ले आफूलाई विश्वास गरेर मत दिने मतदातालाई निरास नबनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस मालारानी गाउँपालिका समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार मुस्कानले जनताको अपेक्षा र विश्वासलाई सम्मान गर्दै जिम्मेवारीपूर्ण ढंगले काम गर्ने बताएका हुन् । उनले भने, “मलाई मतदान गर्नुस्, तपाईँहरूले ममाथि राख्नुभएको भरोसा मेरो लागि ठूलो जिम्मेवारी हुनेछ । म जनताको विश्वासमाथि कहिल्यै आँच आउन दिनेछैन, र मेरा मतदाताको शिर झुक्न नदिने गरी काम गर्नेछु ।”

कार्यक्रममा उनले आफू सधैं जनताको बीचमा रहेर जिल्लाको विकास, सुशासन र जनजीविकासँग जोडिएका विषयमा प्राथमिकता दिने उल्लेख गरे । मतदाताको सुझाव र आवश्यकतालाई नीतिगत तहसम्म पुर्‍याएर कार्यान्वयनका लागि पहल गर्ने उनको भनाइ थियो ।

उम्मेदवार मुस्कानले जनतासँग गरेको प्रतिबद्धता व्यवहारमा उतार्ने अठोट व्यक्त गर्दै आसन्न निर्वाचनमा सहयोग र समर्थन गर्न आग्रह समेत गरे ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?