कांग्रेस कमजोर हुनु भनेको देश र परिवर्तन कमजोर हुनु हो : उपसभापति भुसाल

अर्घाखाँची । नेपाली कांग्रेसकी केन्द्रीय उपसभापति पुष्पा भुसालले कांग्रेस सशक्त रहनु देश र लोकतान्त्रिक परिवर्तनको मजबुतीसँग प्रत्यक्ष जोडिएको बताएकी छन्।

नेपाली कांग्रेस छत्रदेव गाउँपालिका द्वारा आयोजित कायक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, “कांग्रेस कमजोर हुनु भनेको देश कमजोर हुनु हो, परिवर्तन कमजोर हुनु हो। लोकतन्त्र, संविधान र जनअधिकारको रक्षाका लागि कांग्रेस बलियो हुनैपर्छ।”

भुसालले नेपालको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र नागरिक अधिकार स्थापित गर्ने ऐतिहासिक यात्रामा कांग्रेसको निर्णायक भूमिका रहेको स्मरण गराउँदै वर्तमान चुनौतीका सामना गर्न पार्टीलाई एकढिक्का भएर अघि बढ्न आग्रह गरिन्।

उनले थपिन्, “हामीले कमजोर कांग्रेस होइन, सशक्त कांग्रेस निर्माण गर्नुपर्छ। त्यसका लागि आन्तरिक एकता, अनुशासन र जनतासँगको भरोसा बलियो बनाउनुपर्छ।”

भुसालले लोकतन्त्रविरुद्धका प्रवृत्तिहरू सक्रिय भइरहेको संकेत गर्दै सचेत रहन कार्यकर्तालाई आह्वान गरिन्। उनका अनुसार परिवर्तनको संरक्षण र समृद्ध नेपालको यात्राका लागि कांग्रेसको नेतृत्व अपरिहार्य छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?