अर्घाखाँची,
आगामी फाल्गुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनका लागी एक मात्र संघिय निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा एउटै पालिकाका उम्मेद्वार बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
अर्घाखाँचीको मालारानी गाँउपालिका बाट मात्रै ४ जना प्रतिस्पर्धि चुनावी मैदानमा रहेको भएतापनी बिगतको चुनावी नतिजालाई बिश्लेषण गर्दा नेकपा एमाले,नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टि बिचनै अर्घाखाँचीमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
नेकपा एमाले बाट उम्मेद्वार बनेका पिताम्बर भुसाल र नेपाली कम्युनिष्ट पार्टि बाट उम्मेद्वार बनेका राम बहादुर चौहान मालारानी गाँउपालिका वार्ड नं.५ का हुन् भने नेपाली कांग्रेसका उम्मेद्वार बिष्णु प्रसाद खनालको बसाई मालारानी ४ मा रहेको छ ।
२०६४ सालको संविधानसभा निर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर १ बाट तत्कालिन नेकपा माओवादी बाट टोप बहादुर रायमाझी र क्षेत्र नम्बर २ मा कांग्रेस बाट पुष्पा भुसाल निर्वाचित हुनुभएको थियो । रायमाझीले त्यस यताका सबै निर्वाचन जित्दै आउनुभएकोमा यसपटक भने रायमाझि भुटानी शरणर्थी प्रकरणमा जेलमा हुनुहुन्छ भने भुसालले २०७० सालको निर्वाचनमा नेकपा एमालेका दुमन थापासंग हार व्यहोर्नुभएको थियो । २०७४ सालमा भुसाल प्रत्यक्ष निर्वाचन नलडेर समानुपातिकमा बस्नुभयो ।
देशको संघिय पुर्नरसंरचना संगै एक मात्र संघिय निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा तत्कालिन माओवादी र एमाले बाट टोप बहादुरनै पटक पटक सांसद बन्न सफल हुनुभएको थियो ।
अहिले १५ जना संघिय उम्मेद्वार रहेपनि जिल्लामा ४ जनाबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ,जसमा ३ जनाभने एउटै पालिका बाट प्रतिनिधित्व गरेका पात्र रहेका छन् । जिल्लामा बिगत देखिका प्रतिस्पर्धी दल संगै अहिले राष्टिय स्वतन्त्र पार्टि लाई समेत प्रतिस्पर्धी दलका रुपमा हेरीएको छ ।
२०६४ यता लगातार माओवादी वा एमालेमा रहेर टोप बहादुर रायमाझिले बाझि मार्दै आएकोमा यस पटक माओवादी र एमालले पुरानो बिरासत कसरी कायम राख्ने भन्नेमा छन् भने कांग्रेसले लामो समय पछि आफ्नो संसद यात्रा यसपाली तय गर्ने मनसायमा चुनाबी मैदानमा होमिएको छ ।
एउटै गाँउपालिका बाट संघिय निर्वाचनमा होमीएका खनाल,भुसाल र चौहान तीनैजनाको संघको निर्वाचनमा पहिलो अनुभव हो ।
आसन्न निर्वाचनमा कांग्रेस बाट उम्मेद्वार बन्नुभएका बिष्णु प्रसाद खनाल नेपाली कांग्रेस लुम्विनी प्रदेश सहमहामन्त्रि हुनुहुन्छ । अखण्ड लुम्विनी अभियान,स्थानीय तह बिभाजन लगायत जिल्लामा रहेका महत्वपुर्ण संयन्त्रमा रहेर लामोसमय काम गरेको अनुभवका हिसावले र कांग्रेसको बलियो संगठन तथा कार्यकर्तामाझ भिजेको उम्मेद्वारको रुपमा उहालाई हेरीएको छ भन,े एमाले र माओवादी बाट उम्मेद्वार रहेका पिताम्बर भुसाल र राम बहादुर चौहान पनि जिल्लामै बसोवास गर्ने,सरल स्वभाव र जनप्रियनै मानीने गर्दछन् ।
मुख्य प्रतिस्पर्धी मानिएका खनाल,भुसाल र चौहानको चुनाव लक्षित कार्यक्रमले तिव्रता पाउँदै जाँदा नया मानीएको रास्वपा उम्मेद्वार हरी प्रसाद भुसालले पनि यस पाली आफुले बाझीमार्ने बताईरहेका छन् । जिल्लामा कसले बाजी मार्ने भन्ने रोचकता बढ्दै गएको छ ।
२०६४ यता लगातार निर्वाचन आफ्नो पक्षमा पारिसकेका चतुर मानीने रायमाझी यो पटक चुनावी मैदानमा नभैरहदा यसबिचमा कस्ले चुनावी पासा पल्टाउने हो भन्नेमा अहिलेनै अड्कल गर्न नसकिएला ।
कुल १ लाख ७१ हजार मतदाता रहेको अर्घाखाँचीमा मुख्य प्रतिस्पर्धी ४ का अलावा अन्य ११ जना पनि चुनावी प्रतिस्पर्धामा छन् । तर, उनीहरुको प्रभाव न्युन रहेको अनुमान गरिएको छ । गत ०७९ को निर्वाचनमा दलले पाएको मतका आधारमा नेकपा एमालेले प्रत्यक्षमा ४२ हजार ६ सय ७५ मत ल्याएर चुनाव जित्दै गर्दा ४० हजार ९ सय ४५मत पाएर उपविजेता बनेको थियो ।
गत निर्वाचनमा एमालेले पाएको मत टोप बहादुरको लोकप्रिय मत रहेको थियो । आगामी निर्वाचनमा एमालेको सो मत नआउने आँकलन कांग्रेसीहरुले गरेका छन् । त्यस्तै एमालेको गण मानीने मालारानी गाँउपालिकामा ४ जना फरक चिन्हबाट चुनावी मैदानमा रहेकाले सो क्षेत्रको मत बिभाजन हुदा कांग्रेसलाई फाइदा हुनेमा कांग्रेस नेताहरु आशावादी रहेको पाईन्छ भने एमालेहरु पुरानो मतलाई देखाएर चुनाव जित्ने दाबी गरीरहेका छन् । नेकपा माओवादीको गत निर्वाचनमा पाएको मतका आधारमा कमजोर अबस्था रहेको भएपनि समाजवादी सहित अन्य घटकहरु संग पार्टि एकता गरेकाले नेपाली कम्युनिष्ट पार्टिले पनी आगामी निर्वाचनमा आफ्नो दलको पल्लाभारी हुने बताउदै आएको छ ।
पुराना दलले आआफ्नै डम्फु बजाउदै गर्दा गत निर्वाचनमा ३ हजार २ सय मत पाएको रास्वपाले पनी राष्ट्यि माहोल देखाउदै जित आफ्नै हुने बताउदै आएको छ ।
चुनाव नजिकीदै जादा जिल्लामा सरगर्मी बढ्दै गएको छ । उम्मेद्वार भोट माग्न गाँउगाँउमा पुगीरहदा जनताको मन कस्ले जित्नेहो त्यो हेर्न फागुन २१ नै कुर्नुपर्ने छ ।




















