वेस्टर्न मेगा कलेजमा होली मिलन कार्यक्रम सम्पन्न

बुटवलको वेस्टर्न मेगा कलेजले होली पर्वको अवसरमा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विशेषत बीएचएम प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले सक्रिय भूमिका निर्वाह गर्दै कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई होली पर्वको हार्दिक शुभकामना व्यक्त गर्नुभयो। उहाँले होली पर्वलाई सभ्य, सुरक्षित र सम्मानजनक तरिकाले मनाउनुपर्नेमा जोड दिँदै पछिल्लो समय होलीको नाममा हुने उछृङ्खल गतिविधिप्रति सचेत रहन आग्रह गर्नुभयो। आपसी सद्भाव, मेलमिलाप, भाइचारा र सकारात्मक सोचका साथ पर्व मनाउनुपर्ने उहाँको धारणा थियो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा बीएचएम प्रथम सेमेस्टरका विद्यार्थीहरूले आफैंले तयार पारेका विभिन्न स्वादिष्ट परिकारहरूको प्रदर्शनी गरेका थिए। चटपट्टे, कोक मसला, पकौडा लगायतका परिकार उत्पादन गरी प्रदर्शन गरिएको थियो। यसले विद्यार्थीहरूको व्यवहारिक ज्ञान, सिर्जनशीलता, नेतृत्व क्षमता तथा टीमवर्क कौशललाई उत्कृष्ट रूपमा उजागर गरेको देखिन्थ्यो।

अतिरिक्त क्रियाकलाप संयोजक प्रकाश खाम्चाको संयोजनमा सम्पन्न उत्साह, रंग र उमंगले भरिएको उक्त कार्यक्रमले कलेज परिवारबीच आपसी सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै विद्यार्थीहरूलाई व्यवहारिक सिकाइसँगै सांस्कृतिक गतिविधिमा सहभागी गराउने महत्वपूर्ण अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?