अर्घाखाँचीमा रास्वपाका हरि प्रसाद भुसाल विजयी

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाका हरिप्रसाद भुसाल ३५ हजार २३ मतसहित विजयी भएका छन्।
  • उनले निकटतम प्रतिद्वन्द्वी एमालेका पिताम्बर भुसाललाई १२ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन्।
  • सन्धिखर्कका व्यवसायी तथा लेखक भुसाल यसअघि २०७९ को निर्वाचनमा पनि उम्मेदवार रहेका थिए।

अर्घाखाँची । एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पाटीका हरि प्रसाद भुसाल ३५ हजार २३ मतका साथ विजयी भएका छन् । निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पिताम्बर भुसालभन्दा १२ हजार भन्दा बढी मतान्तरले विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पिताम्बर भुसालले २२ हजार ६ सय ४९ , नेपाली कांग्रेसका विष्णु प्रसाद खनाल (मुस्कान) ले १८ हजार २ सय ९७, नेपाली कम्युनिष्ट पार्टीका रामबहादुर चौहानले ३ हजार ८ सय ४७ , मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष हरिप्रसाद भुसाल रास्वपाको जिल्ला संगठन बनाउन तथा गाउँगाउँमा रास्वपाको समिती निर्माण गर्न सुरुदेखि नै लागेका थिए ।  भुसाल २०७९ सालको प्रतिनिधि सभामा पनि रास्वपाबाटै उम्मेदवार रहेका थिए । उनले २०७९ सालको निर्बाचनमा ३२ सय मत ल्याएका थिए ।

३७ वर्षीय भुसाल सन्धिखर्कमा मिडिया सञ्चालक, लेखक र आर्टस् व्यवसाय गर्दै आएका छन् । लायन्स क्लब अर्घाखाँचीको संस्थापक अध्यक्ष रहेका भुसाल, अर्घाखाँची चेम्बर अफ कमर्सका महासचिव समेत रहेका छन् । उनी प्रष्ट र यथार्थ बोल्ने हकी स्वभावका युवा हुन् ।

अर्घाखाँचीमा  १ लाख ७१ हजार ६ सय ५२ मतदाता थिए । निर्वाचनमा ८६ हजार ६६८ मत खसेको थियो । जसमध्ये महिला ४७ हजार ६ सय ८८ र पुरूष ३८ हजार ९ सय ८० मतदाताले निर्वाचनमा भाग लिएका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?