अर्घाखाँचीमा रास्वपाका हरि प्रसाद भुसाल विजयी

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाका हरिप्रसाद भुसाल ३५ हजार २३ मतसहित विजयी भएका छन्।
  • उनले निकटतम प्रतिद्वन्द्वी एमालेका पिताम्बर भुसाललाई १२ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन्।
  • सन्धिखर्कका व्यवसायी तथा लेखक भुसाल यसअघि २०७९ को निर्वाचनमा पनि उम्मेदवार रहेका थिए।

अर्घाखाँची । एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पाटीका हरि प्रसाद भुसाल ३५ हजार २३ मतका साथ विजयी भएका छन् । निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पिताम्बर भुसालभन्दा १२ हजार भन्दा बढी मतान्तरले विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पिताम्बर भुसालले २२ हजार ६ सय ४९ , नेपाली कांग्रेसका विष्णु प्रसाद खनाल (मुस्कान) ले १८ हजार २ सय ९७, नेपाली कम्युनिष्ट पार्टीका रामबहादुर चौहानले ३ हजार ८ सय ४७ , मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष हरिप्रसाद भुसाल रास्वपाको जिल्ला संगठन बनाउन तथा गाउँगाउँमा रास्वपाको समिती निर्माण गर्न सुरुदेखि नै लागेका थिए ।  भुसाल २०७९ सालको प्रतिनिधि सभामा पनि रास्वपाबाटै उम्मेदवार रहेका थिए । उनले २०७९ सालको निर्बाचनमा ३२ सय मत ल्याएका थिए ।

३७ वर्षीय भुसाल सन्धिखर्कमा मिडिया सञ्चालक, लेखक र आर्टस् व्यवसाय गर्दै आएका छन् । लायन्स क्लब अर्घाखाँचीको संस्थापक अध्यक्ष रहेका भुसाल, अर्घाखाँची चेम्बर अफ कमर्सका महासचिव समेत रहेका छन् । उनी प्रष्ट र यथार्थ बोल्ने हकी स्वभावका युवा हुन् ।

अर्घाखाँचीमा  १ लाख ७१ हजार ६ सय ५२ मतदाता थिए । निर्वाचनमा ८६ हजार ६६८ मत खसेको थियो । जसमध्ये महिला ४७ हजार ६ सय ८८ र पुरूष ३८ हजार ९ सय ८० मतदाताले निर्वाचनमा भाग लिएका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?