लुम्बिनीमा रास्वपाको दबदबा, ७ जिल्ला क्लिनस्विप

अर्घाखाँची, गुल्मी, रुपन्देही, प्युठान, बर्दिया, नवलपरासी पश्चिम र दाङमा सबै सिट रास्वपाको पोल्टामा, प्रदेशकै ठूलो शक्तिका रूपमा उदय

समाचार सारांश
Auto Generated by AI
  • लुम्बिनी प्रदेशका २६ मध्ये २१ निर्वाचन क्षेत्रमा जित हात पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेशको सबैभन्दा ठूलो दल बनेको छ।
  • रास्वपाले लुम्बिनीका ७ जिल्लामा सबै निर्वाचन क्षेत्र जितेर क्लिनस्विप गर्दै आफ्नो बलियो पकड जमाएको छ।
  • सुशासन र नयाँ विकल्पको एजेन्डाका कारण युवा पुस्तामाझ लोकप्रिय बन्दै रास्वपाले परम्परागत दलहरूको प्रभाव क्षेत्रमा समेत उल्लेख्य नतिजा निकालेको छ।

अर्घाखाँची । देशभर प्रतिनिधिसभा निर्वाचन २०८२ को मत परिणाम सार्वजनिक हुँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झन्डै दुई तिहाई नजिक पुगेको देखिएको छ।

लुम्बिनी प्रदेशमा पनि रास्वपाको उल्लेख्य प्रभाव देखिएको छ। प्रदेशका १२ जिल्लामध्ये अधिकांश जिल्लामा रास्वपाले बलियो पकड जमाएको छ।

प्रदेशका २६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये रास्वपाले २१ क्षेत्रमा जित निकाल्दै प्रदेशकै ठूलो राजनीतिक शक्तिको रूपमा उदाएको छ। साथै प्रदेशका ७ जिल्लामा रास्वपाले क्लिनस्विप गरेको छ।

अर्घाखाँची, गुल्मी, रुपन्देही, प्युठान, बर्दिया, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र दाङ जिल्लामा रास्वपाले सबै निर्वाचन क्षेत्रमा जित निकाल्दै क्लिनस्विप गरेको हो।

एक मात्र निर्वाचन क्षेत्र रहेका अर्घाखाँची र प्युठानमा रास्वपाले सहज जित निकालेको छ भने दुई–दुई निर्वाचन क्षेत्र रहेका गुल्मी, बर्दिया र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा पनि सबै सिट आफ्नो पक्षमा पारेको छ। त्यस्तै तीन निर्वाचन क्षेत्र रहेको दाङ र पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा पनि रास्वपाले सबै क्षेत्रमा विजय हासिल गरेको छ।

यसैगरी पाल्पा क्षेत्र नं. २, कपिलवस्तु क्षेत्र नं. १ र २ तथा बाँके क्षेत्र नं. १ र ३ मा समेत रास्वपाले जित हात पार्दै लुम्बिनी प्रदेशमा कुल २१ सिट जित्न सफल भएको छ।

यस परिणामसँगै लुम्बिनी प्रदेशमा रास्वपा सबैभन्दा ठूलो शक्तिको रूपमा स्थापित भएको छ। विशेषगरी युवा मतदाताको आकर्षण, सुशासन र नयाँ राजनीतिक विकल्पको एजेण्डालाई केन्द्रमा राखेर चुनावी अभियान चलाएको रास्वपाले लुम्बिनी प्रदेशमा व्यापक जनसमर्थन पाएको हाे । परम्परागत रूपमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको प्रभाव रहेको क्षेत्रमा रास्वपाले उल्लेख्य मतसहित जित निकाल्नु राजनीतिक समीकरणका लागि महत्वपूर्ण मानिएको छ।

लुम्बिनीमा कहाँ काे ?

जिल्ला / क्षेत्र उम्मेदवार पार्टी प्राप्त मत
अर्घाखाँची हरिप्रसाद भुसाल रास्वपा 35,023
गुल्मी १ सागर ढकाल रास्वपा 29,642
गुल्मी २ गोविन्द पन्थी रास्वपा 26,967
पाल्पा २ माधव बहादुर थापा रास्वपा 26,736
रूपन्देही १ सुनिल लम्साल रास्वपा 54,845
रूपन्देही २ सुलभ खरेल रास्वपा 56,550
रूपन्देही ३ डा. लेखजंग थापा रास्वपा 58,814
रूपन्देही ४ कन्हैया वानिया रास्वपा 28,066
रूपन्देही ५ तौफिक अहमद खान रास्वपा 38,806
कपिलबस्तु १ मोहनलाल आचार्य रास्वपा 34,148
कपिलबस्तु २ विक्रम थापा रास्वपा 27,635
प्युठान सुशान्त वैदिक रास्वपा 27,469
दाङ १ देवराज पाठक रास्वपा 42,602
दाङ २ विपिन कुमार आचार्य रास्वपा 43,559
दाङ ३ कमल सुवेदी रास्वपा 44,248
बाँके १ सुरेश कुमार चौधरी रास्वपा 32,792
बाँके ३ खगेन्द्र सुनार रास्वपा 29,551
बर्दिया १ ठाकुर सिंह थारू रास्वपा 49,631
बर्दिया २ श्रीधर पोखरेल रास्वपा 29,678
नवलपरासी (पश्चिम) १ विक्रम खनाल रास्वपा 45,241
नवलपरासी (पश्चिम) २ नरेन्द्र कुमार गुप्ता रास्वपा 44,138
पाल्पा १ सन्दिप राना नेपाली कांग्रेस 18,336
कपिलबस्तु ३ अभिषेक प्रताप शाह नेपाली कांग्रेस 23,535
बाँके २ मोहम्मद इश्तियाक राई एमाले 24,628
रुकुम पूर्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा 10,240
रोल्पा वर्षमान पुन नेकपा 27,460

 

पार्टी अनुसार सिट संख्या

पार्टी जितेको सिट
रास्वपा 21
नेपाली कांग्रेस 2
एमाले 1
नेकपा 2
जम्मा 26

 

रास्वपा ██████████████████████████████ 21
नेपाली कांग्रेस ██ 2
नेकपा ██ 2
एमाले █ 1

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?