
- नेपाली बजारमा आज सुनको मूल्य ३ हजार ७ सय रुपैयाँले घटेको छ।
- छापावाला सुन आज प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
- चाँदीको मूल्यमा पनि गिरावट आउँदै प्रतितोला ५ हजार ४१० रुपैयाँ कायम भएको छ।
काठमाडौं । नेपाली बजारमा आज (सोमबार)सुनको मूल्य ३ हजार ७ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १३ हजार २०० रुंपैयाँमा कारोबार भइरहेको छ ।आइतबार सुनको मूल्य ३ लाख १६ हजार ९ सय रुंपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको हो । आज चाँदी मूल्य तोलामा ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।












