
- गुल्मीको बडिगाड खोलामा माछा मार्ने क्रममा २१ वर्षीय युवक दीपजन दर्लामीको डुबेर मृत्यु भएको छ।
- उनी छिमेकीसँगै खोलामा गएका थिए र बेपत्ता भएपछि खोजी गर्दा शव फेला परेको हो।
- घटनाको थप अनुसन्धानका लागि प्रहरीको विशेष टोली घटनास्थलमा खटिएको छ।
गुल्मी । माछा मार्ने क्रममा गुल्मीको बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।
स्थानीयवासी र सुरक्षाकर्मीहरूको सहयोगमा खोजतलास गर्ने क्रममा आज बिहान मुसिकोट नगरपािलका–१ स्थित उपल्लो राक्से क्षेत्रको खोलाको कोप्चेरा पानीमा डुबेको अवस्थामा दीपजनको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दीपजन दर्लामी आफ्नै गाउँका छिमेकी ५६ वर्षीय डम्बर दर्लामीसँग माछा मार्नका लागि जाल बोकेर गएराति बडिगाड खोलातर्फ गएको र उनी घर फर्केपछि दीपजन डुबेकोबारे स्थानीयवासी र प्रहरीलाई जानकारी गराएका थिए ।













