अर्घाखाँचीको मत विश्लेषण : मतदाताको रोजाइ दल कि उम्मेदवार ?

समानुपातिक र प्रत्यक्ष मत तुलना गर्दा कतै पार्टी बलियो, कतै उम्मेदवार लोकप्रिय

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीमा प्रतिनिधिसभा निर्वाचनमा पार्टी र उम्मेदवारको मत तुलना गर्दा फरक-फरक प्रवृत्ति देखिएको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा र राप्रपामा उम्मेदवारभन्दा पार्टीप्रति मतदाताको आकर्षण बढी देखियो।
  • नेकपा एमाले र नेपाली कांग्रेसमा भने पार्टीको भन्दा उम्मेदवारको व्यक्तिगत प्रभाव बलियो पाइएको छ।
पूरा समाचार सुन्नुहोस्

अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मत परिणाम सार्वजनिक भइसकेको छ। सार्वजनिक मतपरिणामको आधारमा जिल्लामा मतदाताले पार्टीलाई रोजे कि उम्मेदवारलाई भन्ने विषयमा रोचक चित्र देखिएको छ।

जिल्लामा राष्ट्रिय पार्टीको मान्यता प्राप्त गरी थ्रेसहोल्ड कटाएका दलहरूको समानुपातिक मत र उनीहरूका उम्मेदवारले प्रत्यक्षतर्फ पाएको मतबीच तुलना गर्दा कतिपय ठाउँमा पार्टी बलियो देखिएको छ भने कतै उम्मेदवार नै मतदातामाझ लोकप्रिय देखिएका छन्। यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका समानुपातिक मत र उम्मेदवारको मतबीच तुलना गरिएको छ ।

अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ ३९ हजार ८५ मत प्राप्त गरेको छ। तर प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार हरिप्रसाद भुसालले ३५ हजार २३ मत मात्रै प्राप्त गरेका छन्। यसले रास्वपामा उम्मेदवारभन्दा पार्टीप्रतिको आकर्षण केही बढी रहेको संकेत गर्छ।

नेकपा एमालेका प्रत्यक्ष उम्मेदवार पिताम्बर भुसालले २२ हजार ६४९ मत प्राप्त गरेका छन्। तर एमालेको समानुपातिक मत भने २० हजार ४५१ मात्रै रहेको छ। यसले प्रत्यक्षतर्फ एमाले उम्मेदवारले पार्टीको भन्दा केही बढी मत तानेको देखिन्छ। अर्थात् यहाँ उम्मेदवारको व्यक्तिगत प्रभाव पनि देखिएको छ।

नेपाली कांग्रेसका उम्मेदवार विष्णुप्रसाद खनाल ‘मुस्कान’ले प्रत्यक्षतर्फ १८ हजार ९८३ मत प्राप्त गरेका छन्। जबकि कांग्रेसले समानुपातिकमा १७ हजार ६८१ मत मात्रै पाएको छ। यसले कांग्रेसमा पनि पार्टीभन्दा उम्मेदवारको व्यक्तिगत लोकप्रियता केही बढी देखिएको संकेत गर्दछ।

नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकमा ३ हजार ९७७ मत पाएको छ। उनको जमानतसमेत जफत भएको छ । तर सो पार्टीका उम्मेदवार रामबहादुर चौहानले प्रत्यक्षतर्फ ३ हजार ८४७ मत मात्रै पाए। यसले यहाँ उम्मेदवारभन्दा पार्टीप्रतिको मत केही बढी गएको देखाउँछ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकमा ७२५ मत प्राप्त गरेको छ। तर प्रत्यक्षतर्फ सो पार्टीका उम्मेदवार झबिन्द्र फुल्लेलले २४४ मत मात्रै पाए। उनको पनि जमानत जफत भएको छ। यसले पनि राप्रपामा उम्मेदवारभन्दा पार्टीका लागि गएको मत तुलनात्मक रूपमा बढी रहेको देखिन्छ।

राष्ट्रिय पार्टीको मान्यता पाएको अर्को दल श्रम संस्कृति पार्टीले भने अर्घाखाँचीमा प्रत्यक्षतर्फ उम्मेदवार उठाएको थिएन। तर उक्त पार्टीले समानुपातिक तर्फ ५ सय ७२ मत पाएकाे छ ।

समग्रमा हेर्दा अर्घाखाँचीमा केही दलमा पार्टीको प्रभाव बलियो देखिएको छ भने केहीमा उम्मेदवारको व्यक्तिगत प्रभावले मत तानेको स्पष्ट देखिन्छ।

राजनीतिक दल / उम्मेदवार प्रत्यक्ष मत (व्यक्ति) समानुपातिक मत (पार्टी) अन्तर (फरक) अवस्था (Trend)
रास्वपा (हरिप्रसाद भुसाल) ३५,०२३ ३९,०८५ -४,०६२ पार्टी बलियो 📉
नेकपा एमाले (पिताम्बर भुसाल) २२,६४९ २०,४५१ +२,१९८ उम्मेदवार बलियो 📈
नेपाली कांग्रेस (विष्णुप्रसाद खनाल मुस्कान) १८,९८३ १७,६८१ +१,३०२ उम्मेदवार बलियो 📈
नेकपा (रामबहादुर चौहान) ३,८४७ ३,९७७ -१३० पार्टी बलियो 📉
राप्रपा (झबिन्द्र फुल्लेल) २४४ ७२५ -४८१ पार्टी बलियो 📉
श्रम संस्कृति पार्टी उम्मेदवार नभएको ५७२ पार्टी मत मात्र
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?