राष्ट्रसङ्घद्वारा आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव पारित

समाचार सारांश
Auto Generated by AI
  • संयुक्त राष्ट्रसङ्घले नेपालको आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गर्‍यो।
  • अब हरेक वर्ष अप्रिल १५ मा विश्वभर यो दिवस मनाइनेछ।
  • यसले समग्र कल्याण र रोकथाममुखी स्वास्थ्यलाई जोड दिँदै नेपालको महत्त्वपूर्ण कूटनीतिक उपलब्धि भएको छ।

काठमाण्डाै। संयुक्त राष्ट्रसङ्घले आराेग्य दिवससम्बन्धी नेपालको प्रस्ताव पारित गरेको छ । महासभाले आज प्रस्ताव पारित गरेको हो । अब विश्वका विभिन्न देशमा हरेक वर्ष अप्रिल १५ तारिखमा यो दिवस मनाइनेछ ।

राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार नेपालले गरेको प्रस्तावमा स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख छ ।

राजदूत थापाका अनुसार आरोग्य दिवससम्बन्धी प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणाली प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ ।

यो प्रस्ताव पारित गर्ने प्रक्रियामा सहयोग र समर्थन गर्ने देशहरूप्रति आभार व्यक्त गर्दै राजदूत थापाले यो नेपालका लागि महत्त्वपूर्ण कूटनीतिक उपलब्धि भएको बताए ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?