पाणिनि गाउँपालिकामा ट्याक्टर दुर्घटना : चालक गम्भीर घाइते

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको पाणिनि गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।
  • सन्धिखर्कबाट गुल्मी जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई सडकबाट पाँच सय मिटर तल खसेको छ।
  • घाइते चालकलाई उपचारका लागि बुटवल पठाइएको र घटनाको अनुसन्धान भइरहेको छ।

अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।

सन्धिखर्कबाट गुल्मी जाँदै गरेको लु ५ त १५० नम्बरको ट्याक्टर पाणिनि गाउँपालिका–८ पालीको कोलडाँडामा आइतबार बेलुका करिब ७ बजेतिर दुर्घटनामा परेको हो। पाणिनि गाउँपालिका–८ पालीको कोलडाँडास्थीत घुम्ती–पाल्पा सडकखण्डबाट ट्याक्टर अनियन्त्रित भई दुर्गाफाँट–खज्र्याङ सडकमा तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी ट्याक्टर चालक कपिलवस्तुको ओदारी निवासी पञ्चराम चौधरी गम्भीर घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेको र उपचारका लागि बुटवल पठाइएको पाली प्रहरी चौकीले जानकारी दिएको छ।

प्रहरीका अनुसार ट्याक्टर सडकबाट करिब ५ सय मिटर तल खसेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?