पाल्पामा टिपर दुर्घटना : अर्घाखाँचीको शीतगङ्गाका एकसहित तीन जनाको मृत्यु

समाचार सारांश
Auto Generated by AI
  • पाल्पाको माथागढीमा टिपर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।
  • दुर्घटनामा गम्भीर घाइते भएका एकजनाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ।
  • प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमध्ये अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धारका २६ वर्षीय चिन्ताबहादुर सुनारको मात्र सनाखत भएको छ। अन्य दुईजनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदी गम्भीर घाइते भएका छन्। उनको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भइरहेको छ।

प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार माथागढी गाउँपालिका–७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची सडकखण्डमा लु २ ख ४५२५ नम्बरको टिपर शनिबार साँझ करिब ६ बजे दुर्घटनामा परेको हो। झडेवाबाट रहबास चुनढुंगा खानीतर्फ जाँदै गरेको टिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल लैजाँदा चिकित्सकले तीनजनालाई मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?