पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

समाचार सारांश
Auto Generated by AI
  • पाल्पाको माथागढीमा शनिबार भएको टिपर दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।
  • झडेवाबाट चुनढुंगा खानीतर्फ जाँदै गरेको टिपर सडकबाट सय मिटर तल खसेको थियो।
  • उपचारका क्रममा सुरुमा तीन जनाको र पछि थप एक जनाको मृत्यु भएको हो।

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।

माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी होमप्रकाश चौधरीले जानकारी दिए ।।

यसअघि अर्घाखाँचीको शीतगङ्गा ४ सिद्धाराका चालक २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह २ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको मृत्यु भएको थियो ।

शनिबार बेलुका झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

दुर्घटनामा चालकसहित चार जना पुरुष घाइते भएका थिए । घाइतेलाई तत्काल उपचारका लागि लुम्बिनी मेडिकल प्रभास पठाइएको थियो । उपचारका क्रममा तीन जना पुरुषलाई त्यतिबेलै चिकित्सकले मृत घोषणा गरेका थिए ।

३३ वर्षीय राजन चिदीलाई भने थप उपचारका लागि भैरहवा मेडिकल कलेज रुपन्देहीमा पठाइएकोमा उनको पनि उपचारका क्रममा मृत्यु भएको डिएसपी चौधरीले जानकारी दिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?