अर्घाखाँचीमा एसइई तयारी पूरा, ३ हजार ६५ विद्यार्थी परीक्षामा सहभागी हुँदै

सामूहिक अनुगमनमा रोक

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीमा चैत १९ देखि सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ।
  • यसवर्ष जिल्लाबाट तीन हजार ६५ विद्यार्थी १४ वटा केन्द्रमार्फत परीक्षामा सहभागी हुँदैछन्।
  • परीक्षा मर्यादित बनाउन सामूहिक अनुगमनमा रोक लगाउँदै हलभित्र फोटो र भिडियो खिच्न निषेध गरिएको छ।

अर्घाखाँची । जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीले यही चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा भएको जनाएको छ। इकाइका अनुसार सबै परीक्षा केन्द्रमाबिहान ८ बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुने छ ।

यसवर्ष अर्घाखाँचीबाट तीन हजार ६५ जना विद्यार्थि परिक्षामा सहभागि हुने भएका छन । जसमा १४४० जना छात्र र १६२५ जना छात्रा रहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीका प्रमुख विष्णुप्रसाद वेल्वासेले जानकारि दिए । दुई हजार २१० जना साधारण र १३२ जना प्राविधिक धार गरि नियमित तर्फ दुइ हजार ३४२ र ग्रेड बृद्धिमा ७२१ जना विद्यार्थी सहभागि हुन लागेका हुन । परिक्षा संचालनका लागि १४ वटा परिक्षा केन्द्र तोकीएको छ । परिक्षा मर्यादित र ब्यवस्थित रुपमा संचालन गर्न केन्द्राध्यक्ष, सुरक्षाकर्मी सहित ५ सय कर्मचारी खटिने छन । उत्तर पुस्तिका सबै केन्द्रमा पुगिसकेको छ भने प्रश्नपत्रहरुको नजिकको प्रहरी चौकीमा पुराईएको इकाइ प्रमुख बेल्वासेले जानकारि दिए ।

इकाइ प्रमुख बेल्वासेका अनुसार राष्ट्रिय परीक्षा बोर्डले यसवर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ। परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न सङ्घसङ्गठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको हो ।

अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिबाट परीक्षा केन्द्रको बाहिरमात्र अनुगमन गर्ने उनले बताए। पत्रकारले परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायाङ्कन गर्न वा तस्बिर लिन मिल्ने जानकारी दिँदै उनले परीक्षा हलमा केन्द्राध्यक्ष तथा त्यसदिन खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्नसक्ने व्यवस्था गरिएको उल्लेख गरे।

परीक्षा हलभित्र दृश्य छायाङ्कन गरी सामाजिक सञ्जालमा राखेर विद्यार्थीमा विचलन नल्याउन बेल्वासेले सबैमा आग्रह गरेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?