सबै परीक्षा केन्द्रमा एस इईको कापी जाँच सुरु

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीका १४ वटै एसईई परीक्षा केन्द्रमा कापी जाँच्ने कार्य सुरु भएको छ।
  • विज्ञ शिक्षकद्वारा तीन दिनभित्र कापी जाँचेर नतिजा पठाउने व्यवस्था मिलाइएको छ।
  • परीक्षा केन्द्रहरूमा सीसी क्यामेरा र प्रहरी परिचालन गरी सुरक्षा कडा पारिएको छ।

अर्घाखाँची ,   अर्घाखाँचीमा एसईई परीक्षाका १४ वटा केन्द्रमै कापी जाँच सुरु भएको छ ।
विश्व मावि ढाकावाङ र सरस्वती मावि सूर्यथुम केन्द्रमा आन्तरिक व्यवस्थापन पूरा नभएकाले बिहिवार कापि जाँच नभएको भएतापनी शुक्रबारदेखि कापी जाँच सुचारु भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विष्णुप्रसाद बेल्वासेले बताउनुभयो ।

तीन दिनभित्र जाँचेर कापी प्रहरी र नम्बर इकाइमा पठाउनेछन् । बिहीबार देखि सुरु भएको एस इई परीक्षामा विज्ञ शिक्षकबाट नै कापी जाँच भइरहेको उहाले बताउनुभयो । जिल्लाका सबै केन्द्रमा बिहीबार र शुक्रवारको परीक्षा शान्तिपूर्ण भएको छ । केही स्कुलमा सीसी क्यामराबाट निगरानी राखिएको छ ।

सन्धिखर्क नगरपालिका वडा नं.२ मा रहेको जनज्योती मा.वि का प्रधानाध्यापक माधवप्रसाद आचार्यले आफ्नो कार्यकक्षबाट सीसी क्यामरा राखेर अर्को कोठामा दुई जना शिक्षकले कापी जाँच गरेको आफुले निगरानी गरको बताउनुभयोे ।

कक्षाकोठाको ढोकामा एक जना सशस्त्र र एक जना जनपद प्रहरीले सुरक्षा दिइरहेका छन् । स्कुल प्रांगणमा अरु शिक्षक र बाहिरी मान्छेलाई प्रवेश निषेध गरिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?