जिल्ला अस्पतालमै छैन रेबिज विरूद्धको खोप

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँची अस्पतालमा रेबिज खोप र डढेको घाउको औषधिको चरम अभाव भएको छ।
  • औषधि नपाउँदा बिरामीहरू महँगो मूल्यमा निजी मेडिकलबाट किन्न बाध्य छन्।
  • आपूर्ति प्रक्रियामा ढिलाइ र प्रदेश सरकारको बेवास्ताले समस्या बढेको अस्पताल प्रशासनको भनाइ छ।

अर्घाखाँची,
अर्घाखाँची अस्पतालमा रेबिज विरूद्धको खोप तथा डढेको घाउमा प्रयोग गरिने औषधिको अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् ।
अस्पतालमा आवश्यक औषधि नहुँदा दैनिक रूपमा उपचारका लागि आउने सेवाग्राहीहरू निजी मेडिकलमा महगो मूल्यमा किनेर प्रयोग गर्न बाध्य बनेका छन् । विशेषगरी कुकुर तथा अन्य जनावरको टोकाइपछि लगाइने रेबिज खोप नपाउँदा बिरामीहरू निजी मेडिकल वा अन्य जिल्लाका अस्पताल धाउन बाध्य छन् ।
यसले समयमै उपचार नपाउने जोखिम बढाउनुका साथै आर्थिक भार पनि थपिएको स्थानीय ज्ञान प्रसाद उपाध्ययले गुनासो गर्नु भयो । जिल्ला अस्पतालमा दैनिक छाडा कुकुरले टोकेका १० देखि १५ जनासम्म बिरामी आउने गरेका छन् । आगो तथा तताएको वस्तुबाट पोलिएका बिरामीका लागि आवश्यक मलहमको औषधि पनि प्रर्याप्त छैन ।
आवश्यक औषधि नहुँदा प्राथमिक उपचारमै समस्या भइरहेको छ । अस्पताल प्रशासनका अनुसार आपूर्ति प्रक्रियामा ढिलाइ तथा प्रदेशले खरिद नगरेका काराण औषधि आपूर्तिमा समस्या आएको हो । सम्बन्धित निकायसँग पटक–पटक माग गरिए पनि समयमै औषधि उपलब्ध हुन नसकेको अस्पतालका सूचना अधिकारी निम रानाले बताउनुभयो ।
स्थानीय बासिन्दाले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा लापरबाही अस्वीकार्य भएको भन्दै तत्काल औषधि उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । बिरामीको ज्यानसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सम्बन्धित निकायले छिटो समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?