
- अर्घाखाँचीको सन्धिखर्क बसपार्क र सडक किनारमै हाटबजार लाग्दा यातायात व्यवस्थापन अस्तव्यस्त बनेको छ।
- जथाभावी व्यापारिक गतिविधिका कारण सडक साँघुरिएर दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीय चिन्तित छन्।
- कृषि प्रवद्र्धनका लागि करोडौं खर्चिए पनि सरोकारवाला निकायले हाटबजार व्यवस्थापनमा ध्यान दिएका छैनन्।
अर्घाखाँची , अर्घाखाँची जिल्ला सदरमुकाममा रहेको बसपार्कमै पसल राखेर हाटबजार सञ्चालन हुनेगरेको छ ।
बसपार्क सँगै व्यापार गर्ने प्रवृत्तिले यातायात व्यवस्थापन अस्तव्यस्त बनाएको छ भने यात्रु र सवारी चालक दुवैको सुरक्षामा खतरा निम्त्याएको स्थानीयले बताएका छन् । प्रत्येक हप्ताको शुक्रवार लाग्ने हाटबजारले सन्धिखर्क बसपार्क तथा बसपार्क भित्रिने र बाहिरीने सडक खण्डमा सडकमै व्यापारिक गतिविधि बढ्ने गरेको हो ।
ती स्थानमा व्यापारीहरूले सडककै किनारमा पसल गर्ने गरेकाले सडक साँघुरो बन्ने र आवागमनमा अवरोध सिर्जना हुने गरेको छ । कतिपय ठाउँमा त बजारको भीडका कारण सवारीसाधन चल्नै नसक्ने अवस्था हुने गरेको स्थानीय माया पौडेलले बताउनुभयो । उहाको भनाइ छकी यसको नियमन र व्यबस्थापन गर्नै कस्ले हो ? किन ध्यान पुगेन ?
हाटबजारमा नियमित व्यबसाय गर्दै आएका जिवन आचार्यका अनुसार बसपार्कमा सञ्चालन हुने हाटबजार खुल्ला भएका कारण हावा हुरी,पानी तथा घामको प्रत्यक्ष मारमात छौनै,बसपार्क क्षेत्र भएकाले सवारी तथा मानिसको चापले पनी व्यापारमा निकै समस्या भएको उहाको भनाई छ ।

व्यापारी जीवन आचार्यका अनुसार, बसपार्क तथा सडक किनारामै हाटबजार चल्दा सवारी दुर्घटनाको जोखिम अत्यधिक छ । “खुल्ला ठाउमा बजार लाग्दा हावा हुरी तथा बर्षाको समयमा आफ्नो बस्तु जोगाउन हम्मे हम्मे पर्ने गरेको छ ।
स्थानीय उत्पादन बजारीकरणमा बजारले सहयोग गरेको भएपनी व्यबस्थित ठाउ नहुदा निकै समस्या रहेको व्यबसायिहरुको गुनासो छ । सदरमुकामकै बसपार्क भएकाले सवारी चाप पनी उत्तीकै हुन्छ,मानीसको चापपनी अतीनै हुने हुदा दुर्घटनाको सम्भावना हुने भएकाले सन्धिखर्क नगरपालिका र ट्राफिक प्रहरी कार्यालयले तुरुन्त पहल गर्नुपर्ने स्थानीय शुक्ला आचार्यको भनाई रहेको छ ।
जिल्लामा कृषि क्षेत्रमा बिभिन्न निकाय बाट करोडौ रकम खर्च हुने गर्दछ तर हाटबजार व्यबस्थापनमा भने कसैको नजर पुगेको छैन । कृषि उत्पादन,प्रबद्र्धन,तथा बजारीकरणकै लागी कृषि ज्ञान केन्द्र,उत्पादन तथा बजारीकरणकै लागी करीब दश बर्षदेखि कामगर्दै आएको हालको राष्ट्यि कृषि आधुनिकीकरण परीयोजना,सन्धिखर्क नगरपालिका लगायतका हाल कृषिमा काम गर्दै आएका सस्था तथा बिगतमा कृषि क्षेत्रमै काम गरेका धेरै परीयोजना सञ्चालन भए तर कसैको ध्यान पुग्न सकेन ।
लामो समयदेखि सदरमुकाम क्षेत्रमै भएको यस्तो अव्यबस्थित हाटबजार सञ्चालनमा नगरपालिका तथा सम्बन्धित निकाय बेखबर हुदा स्थानीय चिन्तित बनेका छन् ।












