
- पाणिनि गाउँपालिकाले बाख्रामा लाग्ने घातक पिपिआर रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु गरेको छ।
- आर्थिक क्षति कम गर्न वैशाख ३ गतेबाट सबै ८ वटै वडामा प्राविधिक परिचालन गरी खोप लगाइँदै छ।
- उच्च मृत्युदर हुने यो रोग नियन्त्रण गर्न थालिएको अभियानले कृषकहरूलाई ठूलो राहत मिल्ने विश्वास छ।
अर्घाखाँची । पाणिनि गाउँपालिकाले बाख्रामा लाग्ने घातक महामारी पिपिआर रोग नियन्त्रणका लागि गाउँपालिकाव्यापी निःशुल्क खोप अभियान सुरु गरेको छ।
गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार बैशाख ३ गतेबाट सबै वडाहरूमा एकैसाथ यो अभियान थालिएको हो। बाख्राको हैजा भनेर चिनिने पिपिआर रोगका कारण बर्सेनि कृषकहरूले ठुलो आर्थिक क्षति बेहोर्नु पर्ने समस्या समाधानको लागि गाउँपालिकाले यसलाई प्राथमिकतामा राखेर खोप अभियान चलाएको हो।
अभियान अन्तर्गत गाउँपालिकाका ८ वटै वडाका टोलटोलमा पशु स्वास्थ्य प्राविधिकहरू परिचालन गरि बाख्रामा खोप लगाउने कार्य तीव्र रूपमा अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ ।
पिपिआर रोग बाख्रामा छिट्टै फैलिने र उच्च मृत्युदर हुने भएकाले समयमै खोप लगाउनु अत्यन्त आवश्यक मानिन्छ । यस अभियानबाट गाउँपालिकाभित्रका कृषकहरूलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ ।













