भू-वर्गीकरणमार्फत योजनाबद्ध विकासतर्फ पाणिनि गाउँपालिका

समाचार सारांश
Auto Generated by AI
  • पाणिनि गाउँपालिकाले कृषियोग्य जमिनको संरक्षण र व्यवस्थित विकासका लागि भू-वर्गीकरण तथा भू-उपयोग नक्सा बनाउने काम सुरु गरेको छ।
  • नापी विभागको प्राविधिक सहयोगमा जग्गालाई कृषि, आवास र औद्योगिक क्षेत्रमा छुट्याएर अव्यवस्थित प्लटिङ र कित्ताकाँट रोकिनेछ।
  • गाउँपालिकाले यो आर्थिक वर्षभित्रै विशेषज्ञ टोली परिचालन गरी वैज्ञानिक ढंगले जग्गाको व्यवस्थापन गर्ने लक्ष्य राखेको छ।

अर्घाखाँची । बढ्दो सहरीकरण र अव्यवस्थित बसोबासका कारण कृषियोग्य जमिन संकटमा परिरहेका बेला अर्घाखाँचीको पाणिनि गाउँपालिकाले जमिनको वैज्ञानिक व्यवस्थापनका लागि सक्रियता देखाएको छ।

पाणिनि गाउँपालिकाको आयोजना तथा नापी विभाग मिनभवन, नयाँ बानेश्वरको प्राविधिक सहकार्यमा गाउँपालिकाको सभाहलमा भू–वर्गीकरण तथा भू–उपयोग नक्सा सम्बन्धी एक महत्वपूर्ण अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नापी विभागका विज्ञ नापी अधिकृतहरूले कार्यपत्र प्रस्तुत गर्दै जमिनलाई कृषि, आवास, व्यावसायिक, औद्योगिक र सार्वजनिक क्षेत्रमा वर्गीकरण गर्नुको आवश्यकता र कानुनी प्रक्रियाबारे विस्तृत जानकारी गराएका थिए। नक्सांकनका आधारमा कुन क्षेत्रलाई कुन प्रयोजनका लागि उपयोग गर्ने भन्ने कुराले नै गाउँपालिकाको आगामी विकासको खाका तय गर्ने विज्ञहरूको भनाइ थियो।

भू–उपयोग नीति कार्यान्वयनमा आएसँगै अब जथाभावी प्लटिङ गर्ने कार्य रोकिने र कृषियोग्य जमिनको संरक्षण हुने विश्वास लिइएको छ। यस प्रक्रियाले एकातिर उत्पादन वृद्धिमा सघाउ पुर्‍याउनेछ भने अर्कोतिर सुरक्षित बसोबासको सुनिश्चितता गर्नेछ। भू–वर्गीकरण तथा भू–उपयोग नक्सा सम्बन्धी काम नहुदा जग्गा सम्बन्धी कित्ताकाँट, विक्रि लगायतका काममा दुख पाएकोले यो काम छिटै संचालन गर्न लागेको पाणिनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनालले जानकारि दिए ।

जग्गालाई कृषि, आवास, व्यावसायिक र सार्वजनिक क्षेत्रमा किटान गरेपछि पालिकालाई विकासका योजनाहरू निर्माण गर्न थप सहज हुनेछ। गाउँपालिकाले भू–वर्गीकरण तथा भू–उपयोग नक्सा सम्बन्धी काम यो आर्थिक वर्षको अन्तीमसम्ममा सक्ने लक्ष्य राखेको छ । यसको लागि विशेषज्ञ टोली ल्याएर छिटो काम गर्ने तयारी गरिएको छ । गाउँपालिकाले आगामी दिनमा प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै योजनाबद्ध विकासलाई प्राथमिकता दिने पालिका अध्यक्ष टेकराज न्यौपानेले बताए।

स्थानीय स्रोत र साधनको सही परिचालनका लागि भू–वर्गीकरण अनिवार्य सर्त हो। नापी विभागसँगको यो सहकार्यले पाणिनि गाउँपालिकालाई एक व्यवस्थित र समृद्ध गाउँपालिका बनाउने अभियानमा नयाँ इँटा थप्ने अपेक्षा गरिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?