अर्घाखाँचीमा सुकुम्वासीकाे अवस्था कस्ताे ?

समाचार सारांश
Auto Generated by AI
  • प्रधानमन्त्रीले अतिक्रमित सुकुम्बासी बस्ती हटाउन दिएको निर्देशनले अर्घाखाँचीका पाँच हजार बढी परिवारमा अन्योल छाएको छ।
  • अर्घाखाँचीका ६ स्थानीय तहमा ५ हजार ७० परिवार भूमि सम्बन्धी समस्यामा रहे पनि वास्तविक पहिचानको काम अझै बाँकी छ।
  • जिल्लामा बस्तीहरू छरिएर रहेकाले सरकारी कदमले ठूलो संकट ननिम्त्याउने र न्यायपूर्ण व्यवस्थापन हुने आयोगको अपेक्षा छ।
पूरा समाचार सुन्नुहोस्

अर्घाखाँची । प्रधानमन्त्री बालेन्द्र शाहले आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गर्ने सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन ।

सरकारले सुकुम्वासी बस्ती हटाउने र जग्गा व्यवस्थापन गर्ने प्रक्रियामा सक्रियता देखाएसँगै अर्घाखाँची जिल्लामा पनि यसको चर्चा चुलिएको छ। जिल्लाका ६ वटा स्थानीय तहमा गरिएको पछिल्लो प्रारम्भीक तथ्यांक संकलनले यहाँ सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीको संख्या उल्लेख्य रहेको देखाएको छ।

भूमि समस्या समाधान आयोग अर्घाखाँचीका अनुसार जिल्लाभर कुल ५ हजार ७० परिवार भूमि सम्बन्धी समस्यामा रहेका छन्। जसमा सबैभन्दा ठूलो संख्या अव्यवस्थित बसोवासीको देखिएको छ।जिल्लाभर भूमिहिन दलित २ सय ९६ जना, भूमिहिन सुकुम्बासी १ सय ५० जना र अव्यवस्थित बसोवासी ४ हजार ६ सय २४ परिवार रहेको आयोगका अध्यक्ष यादवप्रसाद घिमिरेले जानकारि दिए । अध्यक्ष घिमिरेका अनुसार यो संख्या प्रारम्भिक हो। यसलाई अझै वडा, पालिका र आयोग स्वयंले फिल्टर गरी वास्तविक सुकुम्बासीको पहिचान गर्न बाँकी नै छ।

जिल्लाको ६ स्थानीय तहमध्ये शितगंगा नगरपालिकामा सबैभन्दा धेरै चाप देखिएको छ भने छत्रदेव गाउँपालिकामा यो संख्या तुलनात्मक रुपमा निकै कम छ।

क्र.स. स्थानीय तह भूमिहीन दलित भूमिहीन सुकुम्वासी अव्यवस्थित बसोवासी जम्मा
शितगंगा न.पा. २०२ ६७ १३८८ १,५७
सन्धिखर्क न.पा. ३८ ४५ १०६२ १,१४५
मालारानी गा.पा. २६ १०२३ १,०५५
भूमिकास्थान न.पा. १० १४ ५४१ ५६५
पाणिनी गा.पा. ११ १६ २८७ ३१४
छत्रदेव गा.पा. ३२३ ३३४
जम्मा २९६ १५० ४,६२४ ५,०७०

 

स्थानीय तह संख्या (परिवार) तुलनात्मक अवस्था
शितगंगा न.पा. १,६५७ ████████████████ (उच्चतम)
सन्धिखर्क न.पा. १,१४५ ███████████
मालारानी गा.पा. १,०५४ ██████████
भूमिकास्थान न.पा. ५६५ █████
छत्रदेव गा.पा. ३३० ███
पाणिनी गा.पा. ३१५ ███

सरकारले सार्वजनिक जग्गा मिचेर बसेका वा अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने चेतावनी दिएपछि यी ५ हजार परिवारमा अन्योल छाएको छ। एकातिर पुस्तौंदेखि बस्दै आएको जग्गाको लालपुर्जा पाउने आशामा स्थानीय छन् भने अर्कोतिर सरकारी कडाइले गर्दा विस्थापनको डर पनि उत्तिकै छ।

यद्यपि, अर्घाखाँचीको भौगोलिक बनोट र बस्तीको प्रकृतिका कारण सरकारको यो कदमले यहाँ ठूलो संकट ननिम्त्याउने आयोगको आकलन छ। अध्यक्ष घिमिरे भन्छन्, “वास्तविक सुकुम्वासी र अव्यवस्थित बसोवासीको पहिचान गरी न्यायपूर्ण व्यवस्थापन गर्नुपर्छ। अर्घाखाँचीको हकमा बस्तीहरू तितरवितर रहेको र ग्रामीण क्षेत्रमा अतिक्रमणको समस्या तुलनात्मक रूपमा कम भएकाले सरकारको यो एक्सनले जनजीवनमा खासै ठूलो प्रभाव पार्ने देखिँदैन।”

प्रक्रियागत रूपमा वास्तविक पीडितको पहिचान भएमा मात्रै सरकारको यो अभियानले सार्थकता पाउने र सर्वसाधारणको अधिकार सुरक्षित हुने देखिन्छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?