अवैध रुपमा सञ्चालित पाल्पाका दुई क्रसर उद्योग बन्द

समाचार सारांश
Auto Generated by AI
  • पाल्पामा घरेलु तथा साना उद्योग कार्यालयले क्रसर उद्योगहरूको अनुगमन तीव्र पारेको छ।
  • दर्ता विना र मापदण्ड विपरीत सञ्चालित दुईवटा क्रसर उद्योगलाई कार्यालयले बन्द गराएको छ।
  • अन्य क्रसर उद्योगहरूको पनि कागजात र वातावरणीय मापदण्ड अध्ययन भइरहेको छ।

पाल्पा । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले जिल्लामा क्रसर उद्योगको अनुगमनलाई तीव्रता दिएको छ ।

अनुगमनका क्रममा दर्ता र मापदण्ड विपरित सञ्चालनमा रहेका दुई वटा क्रसर उद्योगलाई कार्यालयले बन्द गराएको छ । बन्द गरिएका उद्योगहरूमा सेभेनस्टर ग्रुपले रामपुर नगरपालिका–५ मा सञ्चालनमा ल्याएको रामपुर गिट्टी बालुवा प्रशोधन केन्द्र र माथागढी गाउँपालिका–४ झडेवामा सञ्चालित झडेवा क्रसर उद्योग रहेका छन् । यी उद्योगहरू दर्ता विना नै नेपाल सरकारको मापदण्ड पूरा नगरी सञ्चालनमा रहेकाले बन्द गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख केशव सुनारले जानकारी दिए ।

हालसम्म जिल्लाका सातवटा पालिकाका पाँच वटा क्रसर उद्योगको अनुगमन गरिएको कार्यालयले जनाएको छ । “हामीले अन्य क्रसर उद्योगहरूको पनि स्थलगत अनुगमन र कागजातको अध्ययन गरिरहेका छौँ” प्रमुख सुनारले भने । सरकारले नियमविपरित सञ्चालित क्रसर उद्योगहरू बन्द गराउन यसअघि नै परिपत्र गरिसकेकाले सोही आधारमा अनुगमनलाई कडा पारिएको उनले बताए ।

अनुगमन गरिएका अन्य उद्योगहरूको हकमा कागजी प्रक्रिया र वातावरणीय मापदण्डको विस्तृत अध्ययन भइरहेको र कैफियत देखिएमा कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने कार्यालय प्रमुख सुनारले जानकारी दिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?