एसईई नतिजा : अर्घाखाँचीमा ७ जनाले ल्याए ४ जीपीए, झन्डै आधा विद्यार्थी ‘नन् ग्रेडेड’

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीमा एसईई परीक्षा दिएका कुल २ हजार ३४७ विद्यार्थीमध्ये झन्डै आधा अर्थात् १ हजार १५८ जना ननग्रेड भएका छन्।
  • परीक्षामा ४ जीपीए ल्याउने ९ जनासहित कुल १ हजार १८९ विद्यार्थी मात्रै ग्रेडेड हुन सफल भएका छन्।
  • जिल्लाको ठूलो संख्यामा विद्यार्थी ननग्रेड भएपछि शिक्षाको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ।

अर्घाखाँची । माध्यमिक शिक्षा परीक्षा एसईई २०८२ को नतिजा सार्वजनिक भएको छ । नजिजा अनुसार अर्घाखाँचीबाट सहभागि विद्यार्थिमध्ये झन्डै आधा विद्यार्थी नन ग्रेडेड (अवर्गीकृत) भएका छन् ।

कुल २ हजार ३ सय ४७ विद्यार्थीमध्ये १ हजार १ सय ८९ विधार्थि ग्रेडेड भए भने १ हजार १ सय ५८ जना विद्यार्थी ननग्रेड भएका छन्। सार्वजनिक नतिजाअनुसार ४ जीपीए ल्याउने विद्यार्थी संख्या जम्मा ७ जना मात्रै रहेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ, अर्घाखाँचीका अनुसार अर्घाखाँचीमा ३.६० देखि ४ जीपीए प्राप्त गर्ने १०९ जना विद्यार्थी छन् भने ३.२० देखि ३.६० जीपीए ल्याउने २२७ जना रहेकका छन ।

त्यस्तै यसपालि २.८० देखि ३.२० जीपीए ल्याउने विद्यार्थीको संख्या सबैभन्दा धेरै अर्थात् ४७१ रहेको छ। २.४० देखि २.८० जीपीए ल्याउने ३४९ जना तथा २ देखि २.४० जीपीए ल्याउने ३३ जना विद्यार्थी रहेका छन्।

एसईई परिक्षा २०८२ मा २ हजार ३ सय ४७ विद्यार्थी सहभागि रहेका थिए । शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीले सार्वजनिक गरेको विवरणअनुसार जिल्लाको समग्र नतिजामा ठूलो संख्या ननग्रेडमा परेपछि शैक्षिक गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ।

ग्रेड समूह (Grade Group) विद्यार्थी संख्या (No. of Students) कैफियत
NG १,१५८
GPA १.६० देखि २.०० भन्दा कम
GPA २.०० देखि २.४० भन्दा कम ३३
GPA २.४० देखि २.८० भन्दा कम ३४९
GPA २.८० देखि ३.२० भन्दा कम ४७१
GPA ३.२० देखि ३.६० भन्दा कम २२७
GPA ३.६० देखि ४.०० सम्म १०९ ७ जनाको GPA ४.० सहित
जम्मा (Total) २,३४७

 

* तथ्यांक गलत भएकाेले सच्याइएकाे- प्रधानसम्पादक

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?