महेन्द्र माध्यमिक विद्यालयको ऐतिहासिक सफलता : प्राविधिक धारतर्फ नेपालमै पहिलो दाबी

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तुको श्री महेन्द्र माध्यमिक विद्यालयका चार जना विद्यार्थीले एसईईमा ४.० जीपीए ल्याएर ऐतिहासिक सफलता प्राप्त गरेका छन्।
  • प्राविधिक धारतर्फ यो नतिजा नेपालमै उत्कृष्ट रहेको दाबी गर्दै विद्यालयले आफूलाई अग्रणी शैक्षिक संस्थाको रूपमा स्थापित गरेको छ।
  • विद्यालयका प्रधानाध्यापकले विद्यार्थीको मेहनत र शिक्षक एवं अभिभावकको साथले यो गौरवपूर्ण उपलब्धि हासिल भएको बताएका छन्।

प्रेमराज पोखरेल, 
कपिलवस्तु, । श्री महेन्द्र माध्यमिक विद्यालय, बाणगंगा–५, कोपवा, कपिलवस्तुले यस वर्षको एसईई परीक्षामा ऐतिहासिक सफलता हासिल गरेको छ। विद्यालयबाट प्रारम्भिक नतिजामा तीन जना विद्यार्थीले ४.० GPA प्राप्त गरेका थिए। हालै प्रकाशित पुनर्योग (Retotaling) नतिजाअनुसार अर्का विद्यार्थी प्रकाश आचार्य ले पनि ४.० GPA प्राप्त गर्न सफल भएका छन्।

यससँगै विद्यालयबाट ४ जना विद्यार्थीले पूर्ण ४.० GPA हासिल गरेका छन्, जसले विद्यालयको शैक्षिक उत्कृष्टतालाई थप उचाइमा पुर्‍याएको छ। विशेष गरी प्राविधिक धार (Technical Stream) अन्तर्गत प्राप्त यस उपलब्धिले विद्यालयलाई राष्ट्रिय स्तरमा गौरवको विषय बनाएको छ।

विद्यालय प्रशासनका अनुसार चार जना विद्यार्थीले ४.० GPA हासिल गरेको यो उपलब्धि प्राविधिक शिक्षातर्फ नेपालकै उत्कृष्ट नतिजामध्ये एक हो। विद्यालयले आफूलाई प्राविधिक धारतर्फ नेपालको अग्रणी तथा पहिलो स्थानमा रहेको विद्यालय भएको दाबी गरेको छ।

विद्यालयका प्रधानाध्यापक तनुश्री पुरी भण्डारी ले विद्यार्थी, शिक्षक, अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारलाई बधाई दिँदै यस सफलताले आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न प्रेरणा प्रदान गर्ने बताए ।

विद्यालय परिवारले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण तथा अभिभावकहरूको सहयोगले यो ऐतिहासिक सफलता सम्भव भएको जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?