अर्घाखाँचीमा घरभित्र भेटिएको सर्प समातेर फाल्ने क्रममा टोकेपछि युवकको मृत्यु

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको छत्रदेवमा सर्पले टोक्दा २३ वर्षीय पुष्कर कुमालको मृत्यु भएको छ।
  • घरभित्र भेटिएको सर्पलाई हातले समातेर फाल्ने क्रममा उनलाई सर्पले टोकेको थियो।
  • टोकाइपछि ढिलो गरी उपचारका लागि बुटवल लगिएका उनको अस्पतालमा मृत्यु भयो।

अर्घाखाँची । अर्घाखाँचीमा सर्पको टोकाइबाट एकयुवाको मृत्यु भएको छ ।

जिल्लाको छत्रदेव गाउँपालिका–१ चिदिकामा घरभित्र भेटिएको सर्पलाई हातले समातेर बाहिर फाल्ने क्रममा सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा छत्रदेव गाउँपालिका–१ चिदिका निवासी २३ वर्षीय पुस्कर कुमाल रहेका छन्।

प्राप्त जानकारीअनुसार असार १९ गते राति करिब ९ बजे आफ्नै घरभित्र देखिएको सर्पलाई हटाउने क्रममा कुमालले सर्पलाई नाङ्गो हातले समातेर नजिकैको झाडीमा फाल्न खोजेका थिए। सोही क्रममा सर्पले उनको हातमा टोकेको बताइएको छ।

सर्पले टोकेपछि उनले तत्काल परिवारका सदस्य वा छिमेकीलाई जानकारी नदिई रातभर घरमै आराम गरेका थिए। तर, सनिबार बिहान स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि मात्र उनले परिवारलाई घटनाबारे जानकारी गराएका थिए।

त्यसपछि परिवारले तत्काल उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पुर्‍याएका थिए। अस्पतालले उपचारका क्रममा उनलाई मृत घोषणा गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?