प्रहरीले घर पुर्याएपछि दुर्गा प्रसाईँको सरकारमाथि कडा अभिव्यक्ति : ‘यो सरकार नेपालीहरूको होइन’

समाचार सारांश
Auto Generated by AI
  • झापाबाट काठमाडौं आउने क्रममा प्रहरीले दुर्गा प्रसाईँलाई नियन्त्रणमा लिई भक्तपुरस्थित उनकै घरमा पुर्‍याएको छ।
  • प्रसाईँले घर पुगेलगत्तै पत्रकार सम्मेलन गरी वर्तमान सरकारले जनताका समस्या र देशको अवस्थाप्रति बेवास्ता गरेको आरोप लगाए।
  • उनले राजनीतिक दलहरूको ३५ वर्षे शासनले भ्रष्टाचार र शोषण बढाएको भन्दै सुकुम्बासी र पीडित वर्गको पक्षमा कडा असन्तुष्टि पोखेका छन्।

काठमाडौं । राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई झापाबाट काठमाडौं फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्याएको छ ।

प्रसाईँले झापाबाट काठमाडौं आएलगत्तै सुकुम्बासी समस्या, आत्मदाहका घटना, गरिब तथा पीडित नागरिकको अवस्था लगायत समसामयिक राष्ट्रिय विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको बताएका थिए । तर विमानस्थलमा अवतरण गरेलगत्तै काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले आफ्नै सवारीसाधनमार्फत उनलाई भक्तपुरस्थित निवास पु¥याएर छाडेको जनाएको छ ।

घर पुगेलगत्तै आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले मुलुकको वर्तमान सामाजिक तथा आर्थिक अवस्थाबारे सरकारको आलोचना गर्दै सर्वहारा वर्ग, घरबारविहीन नागरिक र आत्मदाहका घटनाप्रति सरकार गम्भीर नभएको आरोप लगाए ।

उनले भने, ‘सर्वहारा वर्ग, घरबारविहीन, जो सडकमा पुगेका छन्। यति मात्र होइन, शरीरमा पेट्रोल छर्काएर आत्मदाह गर्न थाले। जब घर विग्रिन्छ, तब त्यो स्थिति आउँछ। देशको हालत यही भएको छ। देश भनेको हरेक परिवार मिलेर बनेको हो। आज त्यो परिवार कसैको पनि घरमा छैन। यो सुरुवात मात्रै हो ।’

प्रसाईँले पछिल्लो ३५ वर्षमा राजनीतिक दलहरूले भ्रष्टाचार, शोषण तथा विभिन्न आर्थिक अनियमितता गरेको आरोपसमेत लगाए । ‘३५ वर्षसम्म दलहरूले एकलौटी शासन गरे, भ्रष्टाचार गरे, शोषण गरे। लघुवित्त पनि उनीहरूले नै चलाए, सहकारी पनि उनीहरूले नै चलाए, तस्करहरूसँग पार्टनरसिप पनि उनीहरूले नै गरे । यही कारण जनताले साथ दिएर यो नयाँ सरकार ल्याएका हुन्,’ उनले भने।

उनले अहिलेको सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको दाबी गर्दै सुकुम्बासी बस्ती हटाउने कार्यप्रति असन्तुष्टि व्यक्त गरे । ‘यो नयाँ सरकारले के गर्यो भने जसको भोट हो, उसैको घर भत्काइदियो। जसले भोट दियो, उसैका घर भत्काएर पानीमा डुब्छ भनेर उठाएर लगे, फेरि अन्तिममा पानीमै डुबाएर छोडे सुकुम्बासीहरूलाई,’ उनले भने ।

सवारी साधनमा लाग्ने जरिवानाको विषय उठाउँदै प्रसाईँले नेपालमा पूर्वाधार विकासभन्दा दण्डात्मक व्यवस्था बढी भएको टिप्पणी गरे । ‘विश्वका धेरै देशमा पहिले सडक बनाइन्छ, पूर्वाधार तयार गरिन्छ। त्यसपछि राम्रो सडक दिएका छौं, अब नियम उल्लंघन गर्न पाइँदैन भनेर जरिवाना गरिन्छ। तर नेपालमा न पूर्वाधार छ, न बाटो राम्रो छ। अहिले चाहिँ आवश्यकताभन्दा बढी जरिवाना लगाइएको छ, जसलाई जोसुकैले पनि थेग्न सक्दैन,’ उनले भने।

आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई सरकारले राहत तथा सहयोग उपलब्ध गराउने घोषणा गरेको प्रसंग उल्लेख गर्दै प्रसाईँले त्यसप्रति पनि प्रश्न उठाए । ‘सरकारले अहिले गणेश नेपालीको परिवारलाई जागिर दिन्छौं, क्षतिपूर्ति दिन्छौं, बच्चा पढाइदिन्छौं भनेर भन्छ। तर बच्चाहरू पढाउनका लागि सबैले गणेश नेपाली नै हुनुपर्ने हो त ? नेपालीहरूले आत्मदाह गर्नुपर्ने हो त? घरबारविहीनहरूले अब त्यही गर्नुपर्ने हो त? ’ उनले प्रश्न गरे ।

उनले देशमा दैनिक २२ देखि २५ जना मानिस झुण्डिएर ज्यान गुमाइरहेको दाबी गर्दै सरकारले त्यसतर्फ ध्यान नदिएको आरोप लगाए । ‘किन यसतर्फ सरकारको आँखा पुग्दैन? यो सरकार हाम्रो सरकार होइन, नेपालीहरूको सरकार होइन। आज नेपालीले खोलाको डिलमा समेत बास पाएनन्। भोको पेट, पानीमा भिजेको छ। जाडोमा त्यो बच्चाको अवस्था कस्तो होला? कति हृदयविदारक कथा छ। यस्तो कथा अमेरिकाका निर्देशकहरूले भेट्टाए भने त्यसैमा फिल्म बनाएर ओस्कार पुरस्कार जित्न सक्थे,’ उनले भने।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?