जहाँ दुई राजाले हात मिलाए, त्यहीँ ठडिए उनीहरूका शालिकः सन्धिखर्कले अब आफैं सुनाउनेछ आफ्नो इतिहास

समाचार सारांश
Auto Generated by AI
  • अर्घा र खाँची राज्यबीचको ऐतिहासिक सन्धिलाई जीवन्त राख्न सन्धिखर्कमा दुवै राजाको शालिक स्थापना गरिएको छ।
  • लुम्बिनी प्रदेश सरकारको सहयोगमा बनेका यी शालिकले नयाँ पुस्तालाई जिल्लाको गौरवशाली इतिहास प्रत्यक्ष बुझाउन मद्दत गर्नेछन्।
  • ऐतिहासिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि निर्माण गरिएका यी संरचनाले सन्धिखर्कको पहिचानलाई थप मजबुत बनाएका छन्।

अर्घाखाँची । कुनै बेला दुई राज्य थिए अर्घा र खाँची। दुईतिर राजा थिए, आ-आफ्नै शासन र पहिचान थियो। तर, इतिहासको एउटा मोडमा दुवै राज्यका राजाले ‘सन्धि’ गरे। त्यही ऐतिहासिक सन्धिको नामबाट जन्मिएको मानिन्छ, “सन्धिखर्क” ।

अब यही इतिहास केवल पुस्तकका पानामा सीमित रहने छैन। अर्घा र खाँचीका तत्कालीन राजाहरूको इतिहास नयाँ पुस्तालाई प्रत्यक्ष बुझाउने उद्देश्यले सन्धिखर्कमा दुवै राजाको शालिक स्थापना गरिएको छ। इतिहास संरक्षण, स्थानीय पहिचानको प्रवर्द्धन र नयाँ पुस्तालाई जिल्लाको गौरवशाली विगतसँग जोड्ने उद्देश्यले शालिक निर्माण गरिएको हो।

लुम्बिनी प्रदेश सरकारको ८ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका शालिकले सन्धिखर्कको ऐतिहासिक महत्त्वलाई थप उजागर गरेको छ। शालिक स्थापनापछि यहाँ पुग्ने आन्तरिकतथा बाह्य पर्यटकलाई अर्घाखाँची र सन्धिखर्कको इतिहास बुझ्नसमेत सहज हुने अपेक्षा गरिएको छ।

सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ इतिहासलाई पुस्तकमा मात्रै सीमित राख्न नहुने बताउँछन्। शालिक निर्माणले जिल्लाको ऐतिहासिक सम्पदा संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उनको विश्वास छ। भावी पुस्ताले इतिहासलाई प्रत्यक्ष देख्न, बुझ्न र त्यसबाट सिक्न सक्ने वातावरण निर्माणका लागि यस्ता ऐतिहासिक संरचना आवश्यक रहेको नगरप्रमुख श्रेष्ठले बताए।

सन्धिखर्क नगरपालिका–१ का वडाध्यक्ष माधव श्रेष्ठले अर्घा र खाँची राज्यबीच भएको ऐतिहासिक सन्धिको स्मरण गराउने शालिकले सन्धिखर्कको पहिचानलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।

दुई राज्य, दुई राजा र एउटा ऐतिहासिक सन्धि, त्यही इतिहास बोकेको सन्धिखर्कमा अब राजाहरूका शालिक आफैं इतिहासका साक्षी बनेर उभिएका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?