चीन भ्रमण सकेर स्वदेश फर्कियो टोली, जगदीशपुरमा २६५ मिटर अग्लो बुद्धमूर्ति निर्माणबारे चिनियाँ पक्षसँग छलफल

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तुका जनप्रतिनिधि र व्यवसायीसहितको टोली नौ दिने चीन भ्रमण पूरा गरी स्वदेश फर्किएको छ।
  • जगदीशपुरमा प्रस्तावित २६५ मिटर अग्लो बुद्धमूर्ति निर्माणबारे चिनियाँ पक्षसँग छलफल र सहकार्यको पहल भएको छ।
  • भ्रमणबाट स्वदेशमा औद्योगिक विकास, रोजगारी सिर्जना र पर्यटन प्रवद्र्धनका लागि महत्त्वपूर्ण सिकाइ भएको छ।

चीन भ्रमण सकेर स्वदेश फर्कियो टोली, जगदीशपुरमा २६५ मिटर अग्लो बुद्धमूर्ति निर्माणबारे चिनियाँ पक्षसँग छलफल

कपिलवस्तु । कपिलवस्तु र रुपन्देहीका जनप्रतिनिधि, उद्योगी–व्यवसायी तथा सञ्चारकर्मीसहितको २० सदस्यीय टोली नौ दिने चीन भ्रमण सकेर स्वदेश फर्किएको छ।

लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थी र कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलको नेतृत्वमा गएको टोलीले चीनका ग्वाङदोङ, नान्जिङ र हुनान प्रान्तका विभिन्न सरकारी निकाय, उद्योग तथा कलकारखानाको अध्ययन तथा अवलोकन गरेको हो।

भ्रमणका क्रममा कपिलवस्तुको जगदीशपुर क्षेत्रमा प्रस्तावित २६५ मिटर अग्लो बुद्धमूर्ति निर्माण परियोजनाबारे चिनियाँ पक्षसँग छलफल समेत भएको टोलीले जनाएको छ।

प्रदेशसभा सदस्य पन्थीका अनुसार करिब ३० अर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त परियोजना सरकार–सरकार (G2G) लगायत सम्बन्धित संघ–संस्थाको सहकार्यमा अघि बढाउन सकिने सम्भावनाबारे छलफल भएको छ।

चीनसहित हङकङ, थाइल्यान्ड, सिङ्गापुर, मलेसिया र भारतका लागि मूर्ति निर्माण गरिसकेको एरोसिन आर्ट इन्जिनियरिङ कम्पनीले समेत परियोजनामा सहकार्य गर्ने प्रतिबद्धता जनाएको पन्थीले जानकारी दिनुभयो।

परियोजनाको डीपीआर तयार भइसके पनि सरकारी प्रक्रिया, कार्यान्वयनको मोडल र आवश्यक जग्गा प्राप्तिसम्बन्धी विषयमा स्पष्टता आवश्यक रहेकाले निर्माण प्रक्रिया अघि बढ्न ढिलाइ भएको जनाइएको छ।

कपिलवस्तु नगरप्रमुख पौडेलले चीन भ्रमणका क्रममा विभिन्न उद्योग तथा कलकारखानाको अवलोकनबाट स्वदेशमै रोजगारी सिर्जना र औद्योगिक विकासका सम्भावनाबारे महत्वपूर्ण सिकाइ भएको बताउनुभयो।

उहाँले कपिलवस्तुमै विश्वकै अग्लो बुद्धमूर्ति निर्माण गर्न सके जिल्लाको पहिचान र पर्यटनमा ठूलो परिवर्तन ल्याउन सकिने बताउनुभयो।

भ्रमणका क्रममा नेपाली टोलीले चीनका विभिन्न उद्योग, स्वास्थ्य संस्था, ड्रोन कम्पनी, मूर्ति निर्माण कारखाना तथा चेम्बर अफ कमर्सका प्रतिनिधिसँग भेटघाट र छलफल गरेको थियो।

टोलीका सदस्यका अनुसार भ्रमणले नेपाल–चीनबीच औद्योगिक, व्यापारिक तथा पर्यटन क्षेत्रमा सहकार्यका सम्भावना पहिचान गर्न तथा अनुभव आदानप्रदान गर्न सहयोग पुगेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?