सात बर्ष अबधिमा सम्पन्न भयो छत्रदेवको प्रशासकिय भवन, सहज, व्यवस्थित र प्रभावकारी सेवा प्रदान गरीने

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले नवनिर्मित प्रशासकीय भवनबाट औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको छ।
  • साढे पाँच करोड बढी लागतमा निर्माण भएको यो भवन सात वर्षको प्रयासपछि सम्पन्न भएको हो।
  • नयाँ भवनबाट नागरिकलाई थप सहज, व्यवस्थित र प्रभावकारी सेवा प्रदान गर्ने गाउँपालिकाको लक्ष्य छ।

 

अर्घाखाँची   

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले नवनिर्मित प्रशासकीय भवनबाट आजदेखि औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले एक समारोहबीच नवनिर्मित प्रशासकीय भवनको विधिवत् समुद्घाटन गर्दै नयाँ भवनबाट सेवा प्रवाहको शुभारम्भ गर्नुभएको हो ।

गाउँपालिकाको प्रशासकीय भवनको २०७७ पौष ९ गते शिलान्यास भएको थियो । न्यायिक इजलास सहितको सुविधा सम्पन्न भवनको तत्कालीन गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले शिलान्यास गर्नुभएको थियो । वार्ड नम्बर ५ छत्रगञ्जमा निर्माण सम्पन्न भवनको २०७७ असौज ३० गते ठेक्का सम्झौता भएको थियो ।

५ करोड ३० लाख ४७ हजार रुपैयाँमा सम्पन्न गर्ने गरी शिवाको भुसाल बस्नेत जेभी काठमाडौँले ठेक्का पाएको भएपनी भुसाल निर्माण सेवाले काम गर्दै आएको थियो ।
२०७९ साल जेठ २५ गते सम्म सम्पन्न गर्ने गरी सम्झौता भएको भएपनी पटक पटकको म्याद थप तथा ताकेता पछि ७ बर्ष अबधिमा बल्ल भवनको निर्माण सम्पन्न भएको हो । स्थानीय पुर्नरसंरचना भएको करीव दश बर्ष अबधिमा पालिकाले बल्ल आफ्नै प्रशासकिय भवन प्राप्त गरेको हो ।

गाउँपालिकाको आफ्नै आधुनिक र व्यवस्थित प्रशासकीय भवन निर्माण सम्पन्न भएपछि नागरिकलाई सहज, व्यवस्थित र प्रभावकारी रूपमा सेवा प्रदान गर्ने उद्देश्यसहित नयाँ भवनबाट आजदेखि नियमित प्रशासनिक कामकाज सुरु गरिएको गाउँपालिकाका प्रशासकिय अधिकृत वासुुदेव खनालले बताउनुुभयो ।
भवन उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनि पन्थी, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, वडा नम्बर १ देखि ८ सम्मका वडा अध्यक्षहरू, गाउँसभा सदस्य, कार्यपालिका सदस्य, स्थानीय राजनीतिक दलका प्रतिनिधि, भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता, गाउँपालिकाका कर्मचारी, पत्रकार, समाजसेवी तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले नयाँ प्रशासकीय भवन गाउँपालिकाको संस्थागत विकाससँगै नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्ने महत्वपूर्ण पूर्वाधार भएको बताउनुभयो । उहाँले भौतिक संरचना निर्माण हुनु मात्रै उपलब्धि नभई त्यस भवनबाट जनताले छिटो, सरल, पारदर्शी र गुणस्तरीय सेवा पाउनु मुख्य विषय भएको बताउनुभयो ।
नयाँ भवन सञ्चालनमा आएसँगै गाउँपालिकाका विभिन्न शाखा तथा प्रशासनिक सेवाहरू एउटै व्यवस्थित संरचनाबाट सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ । यसअघि पर्याप्त भौतिक पूर्वाधारको अभावमा सेवा प्रवाहमा देखिने विभिन्न कठिनाइहरू न्यूनीकरण हुने तथा सेवाग्राहीलाई समेत सुविधा पुग्ने गाउँपालिकाको विश्वास छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनि पन्थीले नयाँ भवनले गाउँपालिकाको प्रशासनिक कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो ।


स्थानीय तहको प्रशासनिक संरचना बलियो बनाउन भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका रहने भएकाले नयाँ भवनले गाउँपालिकाको दीर्घकालीन प्रशासनिक क्षमता विकासमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ । गाउँपालिकाले अब नयाँ भवनलाई केवल कार्यालय सञ्चालन गर्ने संरचनाका रूपमा नभई नागरिकमैत्री सेवा प्रवाहको केन्द्रका रूपमा विकास गर्ने जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?