घनश्याम भट्टराई,
अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउने मानिसको भिड लाग्ने गरेको छ ।
दसैँ यता जिल्ला प्रशासन कार्यालयमा दैनिक जसो सयौं सेवाग्राहीको भिड लाग्ने गरेको छ ।
रोजगारी, अध्ययन लगाएत विभिन्न कारणले घर बाहिर रहेका मानिस दसैंको बेला घर फर्कने र सोही समयको सदुपयोग गर्दै नागरिकता, राष्ट्रिय परिचयपत्र , राहधानी जस्ता अत्यावश्यक कागजात बनाउने भएकोले यस्तो भिड लाग्ने गरेको कर्मचारी बताउछन् ।
प्रशासन कार्यालय अर्घाखाँचीबाट दैनिक ३ सय बढि सेवाग्राहीले सेवा लिइरहेका छन् ।













