गणेश खनाल
अर्घाखाँची । नेकपा एमाले अर्घाखाँची चुनाव केन्द्रीत कार्यक्रम सहित उम्मेदवारहरू गाउँ गाउँमा भेटघाटमा तिव्रता दिइरहेको छ ।
पार्टी तथा जनसगठनका बैठक सम्पन्न गर्दै कमिटिलाइ योजनाबद्ध रूपमा चुनावी गतिविधिमा सक्रिय बनाएको छ । विभिन्न विभाग गठन गरि झन्डै ५ हजारलाई जिम्मेवारी दिदै निवार्चनमा परिचालन गरेको छ ।
चुनावी कार्यक्रम अन्तरगत आज मालारानी गाउँपालिको बैठकलाइ सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेश (क) का उम्मेदवार चेतनारायण आर्चायले बैठकमा सम्बोधन गर्दै चार तर्फि घेरा तोडेर एमालेले भारि मतका साथ विजयी हासिल गर्ने बताए । ०७४ सालमा प्राप्त गरेको मत नै अहिले पनि ल्याएर विजयी हुने गरि योजना बनाइएको बताए ।
अर्घाखाँची समृद्धिका लागि एमालेका उम्मेदवारले विगतमा गरेका काम र गठबन्धन दलले जिल्लामा गरेका कामबारे छलफल गर्न तयार रहेको बताए । २ वटा बजेट ल्याएको गठबन्धनका दलका उम्मेदवारका जिल्ला कति विकास योजना ल्याउन सफल भए समीक्षा गर्ने बेला आएको बताए ।
केन्द्रीय सल्लाकारकेन्दिय सल्लाहकार परिषद सदस्य लक्ष्मण रायमाझी, लुम्बिनी प्रदेश कमिटी सदस्य जनार्दन खनाल, प्रदेश कमिटी सदस्य दलबहादुर भट्टराई, जिल्ला सचिव तोजबहादुर रायमाझी लगायतले मन्तव्य राखेका थिए ।
नेकपा एमाले मालारानी गाउँपालिका बैठक खनदहमा सम्पन्न भएको हो। मालारानी गाउँपालिका अध्यक्ष सालिकराम आर्चायको अध्यक्षता,सचिव नारायण अर्यालको सञ्चालन तथा उपाध्यक्ष विष्णु प्रसाद मिश्र स्वागत मन्तव्यमा बैठक सम्पन्न भएको हो ।














