सिद्धेश्वर सहकारी धातिवाङ्गको वार्षिक साधारण सभा सम्पन्न

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा रहेको श्री सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभामा पाणिनी–६ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले विकासको मेरुदण्ड सहकारी भएको बताए । ‘सहकारी जनताले आफै सञ्चालन गरेर लगानी गरी उत्पादन भएका वस्तुको प्रयोग गर्न र भविष्यमा आफनो इच्छा पूरा गर्न सहकारी आवश्यक रहेको वडाअध्यक्ष पौडेलको भनाई छ । उनले कृषि र पशुपालनको क्षेत्रका कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न सहकारीको भुमिका महत्वपुर्ण हुने बताए ।

कार्यक्रमका विशिष्ट अतिथी जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश भुसालले ‘सहकारी पैसा नहुनेहरुका लागि सबै भन्दा राम्रो र भरपर्दो संस्था भएको बताए । उनले ‘हरेकको खर्चो टार्ने, थोरै बचत गर्ने र भविष्यलाई जोहो गर्ने माध्यम नै सहकारी रहेको बताए ।

कार्यक्रममा शिखर इन्स्योरेन्स अर्घाखाँचीका प्रमुख लक्ष्मण केसीले विमा अनिवार्य भएको बताउँदै कृषकको उत्पादनसँग जोडिन इन्स्योरेन्सको भुमिका महत्व हुने बताए । निर्जिवन विमा कम्पनीले कृषकको जोखिमलाई ध्यान दिदैँ गरेको विमा प्रभावकारी हुने बताए ।

कार्यक्रमममा पाणिनी गाउँपालिका कार्यपालिका सदस्य तारा पौडेल, अर्घाखाँची युवा परिषद्का अध्यक्ष काजी श्रेष्ठ, लेकाली कृषि सहकारी संस्था निगालीका अध्यक्ष भोजराज घिमिरे, समाजसेवी तथा शेयर सदस्य थानिश्वर पौडेल, टामलाल पौडेल, तारापती पौडेल, झविन्द्रप्रसाद पौडेलले शुभकामना मन्तव्य राखेका थिए । सोही अवसरमा सहकारीका ऋण लगानी तथा असुली उपसमितीका सदस्य रविलाल पौडेललाई सम्मान गरिएको छ ।

कार्यक्रम श्री सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष घनश्याम पौडेलको अध्यक्षता, कोषाध्यक्ष मित्रदेव पौडेलको सञ्चालन र सदस्य अमृता पौडेलको स्वागतमा सम्पन्न भएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?