लुम्बिनी सांस्कृतिक नगरपालिकाद्वारा भु–उपयोग योजना सम्बन्धि आभिमुखिकरण कार्यक्रम

लुम्बिनी सांस्कृतिक नगरपालिकाले भु–उपयोग योजना सम्बन्धि आभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ ।

जनप्रतिनिधि र कर्मचारीलाई भू–उपयोगको वर्गिकरण गर्न सहजीकरण गर्न कार्यक्रम आयोजना गरिएको हो । लुम्बिनीको पर्सामा आयोजित उक्त कार्यक्रममा २ वटा कार्यपत्र प्रस्तुतीकरण र छलफल भएको बताइएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले भू(उपयोग योजना सम्बन्धि नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था र वर्गिकरणका आधार सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । वहाँले लुम्बिनीको विशिष्ट महत्व र विकासको अवसर भएकाले अत्यन्त संवेदनशील भई भू(उपयोगको वर्गिकरण गरि व्यवस्थित र विपद् संवेदनशील वस्ति विकासमा जोड दिनु भएको थियो ।

नापी कार्यालय भैरहवाका नापी अधिकृत हरिकृष्ण त्रिपाठीले भु–उपयोग ऐन, २०७६ तथा नियमावली, २०७९ ले निर्दिष्ट गरेका प्रावधानका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । वहाँले जग्गा वर्गिकरणका सम्बन्धमा अवलम्बन गर्नुपर्ने प्राविधिक पक्ष माथि प्रकाश पार्नु भएको थियो । त्यस्तै मालपोत कार्यालय भैरहवाका प्रमुख मालपोत अधिकृत कुमार आचार्यले कानुनले तोकेको समय सीमा भित्र भूउपयोगको वर्गिकरण गरि नागरिकलाई सरल र सहज सेवा प्रवाह गर्नुपर्ने बताउनु भएको थियोे । सहभागीहरुबाट उठेका जिज्ञासाहरुको संवोधन प्रमुख मालपोत अधिकृत आचार्य र नापी अधिकृत त्रिपाठीले गर्नु भएको थियो ।

कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख, उप प्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु तथा विभिन्न शाखाका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । त्यस्तै नगरपालिकाका सल्लाहकार मोहम्मद सईद खाँ र सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो । नगर प्रमुख सजरुद्दिन मुसलमानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन समन्वय अधिकृत तुलसीराम लामिछाने गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रशासन शाखा प्रमुख शोभाखर पौडेलले राख्नुभएको थियो ।

कार्यक्रमको समापन मन्तव्य राख्दै नगर प्रमुख मुसलमानले जग्गा वर्गिकरण कार्य शिघ्र सम्पन्न गरि कित्ताकाटको लागि बाटो सहज गर्न निर्देशन गर्नु भएको थियो ।

लुम्बिनी साँस्कृतिक नगरपालिकामा स्थानीय भूउपयोग परिषद् र कार्यान्वयन समिति गठन गरि भू(उपयोगको वर्गिकरण कार्य भईरहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?