माया त गिलो हुँदो रैछ है डल्ली- प्रेम कथा

मैले उसलाइ जिस्काउंदै भने “तिमिलाइ मेरो माया नै लाग्दैन है?” उसले मुख फुलाउंदै बोली “होला खुबै, हजुरले भन्दा त दोब्बर गर्छु के म।” मैले हाँस्दै जवाफ फर्काएं “साँच्ची हो? कहाँ लाग्छ हौ मेरो मायाँ?” उसले आँखा तर्दै बोली “लाग्छ नि जहाँ भएपनी, किन भन्नू हजुरलाइ?” मैले उसको अनुहारमा हेरेर मुस्कुराउंदै भनेँ “भनन डल्ली! कहाँ लाग्छ त अनि मेरो मायाँ?” उसले आफ्नो हात छातिमा लग्दै हाँसेर बोली “याँ लाग्छ। अब भयो?”

मैले झनै उसलाइ जिस्काउंदै बोलेँ “खै म त देख्दिन त।” उसले मेरो तिग्रामा प्याट्ट हान्दै भनी “देखिन्छ त अनि? छ नि भित्र।” म उसको नजिक सर्दै हाँसेर बोलेँ “कपडा भित्र छ हो मायाँ? खै खै हेरुम्।” उ लजाए झैँ गरेर केही पर सर्दै बोली “अहिले पिट्छु हजुरलाइ म। देखिदैँन माया साया, जानू पर।”

मैले उसको हात समाएर मेरो नजिक तान्दै बोलेँ “देखिंदैन भने छाम्दा भेटिन्छ कि कतै।” उसले आँखा तरेर रिसाए झैँ गर्दै मलाइ हेरेर बोली “हजुर धेरै नजिस्किनु त।” मैले उसलाइ तानेर मेरो अंगालोमा ल्याएँ। उ उम्कन खोजी। मैले झनै दह्रो गरेर पकडेँ। लगत्तै उसले बल गर्न बन्द गरि अनि छातिमा टाँसिइ रहि।

हामी दुबैको स्वासको गति बढेको थियो। मेरो गर्धनमा रहेको उसको सिरलाइ अगाडि ल्याएर मैले उसको ओठमा चुम्बन गरिदिएँ । उसले कुनै प्रतिकार गरिन। मैले मेरो एउटा हातलाइ उसको छातिमा राख्न खोजेँ। उसले मेरो हातलाइ पर ठेलिदिइ। मैले चुम्बन गर्न बन्द गरेँ। उसले केही मलिन अनुहार बनाएर मेरो अनुहारमा हेरि। म उसलाइ हेरेर थोरै मुस्कुराइदिएँ। म मुस्कुराए पछि उसको अनुहारमा पनि लज्जा मिश्रीत मुस्कान देखा पर्यो।

लगत्तै उ आफैँले मलाइ तानेर ओठमा चुम्बन गर्न थाली। केहिबेरपछी मेरो हात फेरि उसको छातीमा पुग्यो। यो पटक उसले मेरो हातलाई रोकिन। उसले चुम्बन गर्न बन्द गरि अनि मलिन स्वरमा बोली “मलाइ कहिल्यै छोड्नु त हुन्न नि है?” मैले उ संग नजर मिलाएर बोलेँ “यस्तो कुरा नि सोध्ने हो त लाटी? आफ्नै मुटुलाइ छोडेर पनि कोहि बाँच्न सक्छ र?” मैले यति बोल्ने बित्तिकै फेरि उसले मलाइ तानेर चुम्बन गर्न थाली। बिस्तारै मेरा हात उसको शरीर भरी सलबलाउन थाले…………….।

बेलुका घर पुगेपछी च्याटमा मैले उसलाइ जिस्काएँ “मायाँ त गिलो हुँदो रैछ है डल्ली?” उसले मेरो कुरा बुझिन क्यारे, रिप्लाइमा लेखी “माया गिलो हुन्छ रे? के भन्नू भएको?” मैले हाँसेको इमो सहित जवाफ फर्काएँ “केही हैन डल्ली। आइ लभ यु भनेको क्या।” उसले लगत्तै रिप्लाइ गरि “लभ यु टू फटाहा मान्छे।”

गनि गुरुङ

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?