अर्घाखाँची । पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा अपाङ्गता परिचयपत्र सिविर संचालन हुने भएको छ ।
गाउँपालिका भित्र रहेका अपाङगहरुको पहिचान तथा बर्गिकरण गरी उनिहरुलाई परिचयपत्र बितरणको लागि अपाङ्गता परिचयपत्र शिविर सञ्चालन हुने भएको हो । शिबिर कार्तिक ३ गते बिहिबार बिहान ११ बजे देखी पाणिनी गाउँपालिकाको कार्यालय, दुर्गाफाँटमा संचालन हुने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले जानकारी दिए । शिबिरमा सम्बन्धी सबैलाई आवश्यक कागजात सहित उपस्थितको लागि गाउँपालिकाले अनुरोध गरेको छ ।
शिविरमा पासपोर्ट साइजको फोटो ३ प्रति, नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी, संरक्षकको नागरिकता प्रमाणपत्र प्रतिलिपी, वडा कार्यालयको सिफारिस, अपाङ्गतासँग सम्बन्धित उपलब्ध कागजातहरू साथमा लिई उपस्थित हुनुपर्ने पालिकाले जनाएको छ ।














