आजकल सबैभन्दा धेरै घृणा लाग्छ त्यही मुहार- कविता

मलाई
कुनै दिन प्रिय लाग्थ्यो
त्यो अनुहार!

आजकल
सबैभन्दा धेरै घृणा लाग्छ
त्यही मुहार!

विस्तारै खस्किँदै गए-
अनुहारबाट शालीनता
व्यवहारबाट कुशलता
हृदयबाट संवेदनशीलता

भत्किँदै गए-
आस्थाका धरोहरहरू
भरोसाका पुलहरू
समृद्धिका सपनाहरू!

विस्तारै पखालिँदै गए-

अनुहारबाट कृत्रिम रङ्गहरू
समयसँगै बदलियो रूप

साँगुरिँदै गए-
सम्बन्धका आयामहरू
र मेटिँदै गए
स्मृतिका पानाहरूबाट
बालुवामा कुँदेका
सुन्दर डोबहरू!

किशन पौडेल

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?