अर्घाखाँची : हत्या गरि फरार २ जना पक्राउ

अर्घाखाँची । हत्या गरेर फरार दुई जना व्यक्तीलाई प्रहरीले १२ वर्ष पक्राउ गरेको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर -१०, धनचौरका दुई जना फरार प्रतिवादी पक्राउ गरी आईतवार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भूमिकास्थान-१०, धनचौर प्यारे निवासी ४० बर्षिय शालिकबहादुर बुढा र ३६ वर्षिय नारायण बुढा रहेको जिल्ला प्रहरी कार्यालय अघाखाँचीले जनाएको छ । प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालका अनुसार उनीहरू १२ वर्षदेखी फरार रहेका थिए । गोप्य सूचनाका आधारमा उनीहरूलाई अर्घाखाँची र कपिलवस्तुको सिमानाबाट पक्राउ गरिएको हो ।

उनीहरु विसं २०६७ साल माघ २५ गते सोही ठाउँमा बस्ने ४० वर्षिय दधिराम मुसालको हत्या गरेर फरार थिए। जिल्ला अदालत अर्घाखाँची २०७५ असार ३ गते हत्यामा संलग्न ९ जनालाई २० वर्ष कैदको फैसला सुनाएको थियो । जसमध्ये ६ जनाले कैद मुक्तान गरिरहेका छन् भने हत्यामा संलग्न एक जना अभीयुक्त फरार रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुई जनालाई अदालतमा पेश गरि प्रक्रिया अगाडी बढाईएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?