पिताले रेखांकन गरेका ढोरपाटन र घुम्ती पाल्पा सड्क पुरा गर्ने जिम्मेवारी हाम्रोः नेतृ भुसाल

अर्घाखाँची । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभाका उम्मेदवार पुष्पा भुसालले स्व. पिता काशिनाथ गौतमले रेखांकन गरेको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सड्क आयोजनाको कामको जिम्मेवारी आएको बताईन । उनले ३ वर्षभित्र पिँच गरेर सक्ने बताईन ।

ढोरपाटन सड्कका नाममा धेर्रै राजनिती भएको छ, २०६४ सालमा काँग्रेसको सरकार हुदाँ तत्कालिन अर्थमन्त्री रामशरण महत हुदाँ रातो किताबमा समावेश गरेका थियौँ । तर रातो किताबमा आएको १५ वर्षसम्म पनि सडक पुरा हुन सकेन, ३ वर्षभित्रमा पिचँ गर्ने गरी लाग्छौँ । नेतृ भुसालले भनिन् गठबन्धनको सरकार आएपछि विनियोजन भएको सडकको पिचँको काम सालझण्डी–खुर्साने, ढुङेखोला, निगाली हुदैँ मैदानसम्म पिचँ हुनेगरी ठेक्का लागेको छ । गठबन्धनको सरकार आएपछि निरन्तर पहल गरेर बजेट विनियोजन गरेका हौँ ।

नेपाली काँगेस पाणिनीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा कार्यकता भेटघाट गर्दै नेतृ भुसालले २०४८ सालमा सुरु भएको घुम्ती पाल्पा सड्क पिँचको काम अगाडी बढ्न सकेन, पिता सहित काँग्रेसका पुर्व सभापति खगेन्द्र पोख्रेलले देखेको सपना पुरा गर्न पिँचको काम अगाडी बढेको छ, नेतृ भुसालले भनिन् ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु मुस्कानले गठबन्धन दलले चुनाव जित्ने दावी गर्दै मंसिर ४ गतेसम्म पार्टीको पक्षमा उम्मेदवारलाई विजयी बनाउँन टोलटोलमा खट्न कार्यकर्तालाई आग्रह गरे । उनले विकासका नाममा आएको बजेटको दुरुपयोग हुन नदिनका लागी गठबन्धनले चुनाव जित्नपर्ने बताए ।

जनसम्पर्क समिती भारतका सभापति बालकृष्ण पाण्डेले रोजगारीको शिलसिलामा गएका प्रवासीहरुको पक्षका काम गर्ने पार्टी काँग्रेस भएकाले मंसिर ४ गते हुने निर्वाचनमा भारतबाट उल्लेखनिय उपस्थिती हुने बताए ।

पार्टी सभापती केशव श्रेष्ठले जिल्लामा विकासका नाममा आएको बजेटमा भष्ट्रचार भएको भन्दै जिल्लामा आएको बजेटको हिसावकिताव जनताले गनुपर्ने बताए । जिल्लाको विकास र समृद्धिका लागी गठबन्धन दलको जित सुनिश्चित रहेको बताए ।

प्रदेश सभा ९ख० का उम्मेदवार कमलप्रसाद भुसालले पाणिनी तपोभुमिको विकासका लागी ध्यान दिने बताए । पुर्व पार्टी सभापति समेत रहेका भुसालले पाणिनी ऐतिहासिक ठाउँ भएकाले कृषि र पशुपालनको क्षेत्रबाट विकास गर्न सकिने भएकाले त्यसको विकासमा ध्यान दिने बताए । उनले गठबन्धन दलले जितेमात्रै अर्घाखाँचीको विकास हुने बताए ।

राष्ट्रि जनमोर्चाका केन्द्रीय सदस्य शेरबहादुर विसीले संविधानको रक्षाका लागी गठबन्धन दलले जित्नुपर्ने बताए । उनले संविधान जोगाउनका लागी गठबन्धन भएकोले ५ वर्षको सत्ता सञ्चालनका लागी जिम्मेवारी दिने बताए ।

नेपाली काँग्रेसका समानुपातिक उम्मेदवार लोकेन्द्र विक, एकिकृत समाजवादीका जिल्ला सचिव युवराज पौडेल, जनता समाजवादी पार्टीका जिल्ला सदस्य माधव पोख्रेल, महाधिवेशन प्रतिनिधी सुर्यप्रसाद अधिकारी, श्यामनाथ काश्यप, वडा सभापति नुरमहमद मियाँ लगाएतले मन्तव्य राख्दै निर्वाचनमा जित्नका लागी सबै एकतावद्ध भएर लाग्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस जनसम्पर्क समिती भारतका पुर्व अध्यक्ष महेन्द्र भुसाल, का जिल्ला सचिवद्धय कृष्ण खनाल, अच्युत गौतम, काँग्रेस नेताहरु डा. इन्द्रमणि पौडेल, यादवप्रसाद घिमिरे, महाधिवेशन प्रतिनिधी तारा श्रेष्ठ, जनमोर्चाका जिल्ला उपाध्यक्ष गोपाल पौडेल, काँग्रेसका जिल्ला सदस्यहरु विष्णु पौडेल, मधु पन्त, प्रदेश सभा (ख) का सभापति हेमन्त बेल्वासे, उपसभापति अर्जुन पोख्रेल, प्रदेश सदस्य सावित्रा बेल्वासे, टोपलाल गैरे, विपिन अनुरागी लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रम नेपाली काँग्रेस पाणिनीका सभापति तुल्सिराम पौडेलको अध्यक्षता, उपसभापति हुमबहादुर जिसीको स्वागत र सदस्य जिएस पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?