भारतमा हुने मिस्टर एण्ड मिस वल्र्ड हेरिटेज : लुम्बिनीका नुर र शितलले नेपालको प्रतिनिधित्व गर्दै

बुटवल । भारतको मुम्बइमा हुन गइरहेको सौन्दर्य प्रतियायोगिता मिष्टर एण्ड मिस वल्र्ड हेरिटेज इन्टरनेशनलका लागि लुम्बिनी प्रदेशबाट २ जना सहभागी हुँदैछन् ।

बुटवलबाट विभिन्न प्रतियोगितामा विजयी भई एक महिना लामो कार्यशालाबाट छनौट भएका नवलपरासीका नुर आलम अनसारी र पाल्पाको रामपुरकी सित्तल श्रेष्ठले नेपालकै प्रतनिनिधत्व गर्दै अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्न लागेका हुन् ।‘यूनिटी इन डाइभर्सिटी’ भन्ने मूला नारासहित आयोजना हुन लागेको मिष्टर एण्ड मिस वल्र्ड हेरिटेजमा शितलले मिस र नुरले मिस्टर हेरिटेजका लागि प्रतिष्पर्धा गर्ने आयोजक संस्था ट्यालेन्टिका इन्टरनेशनल कम्पनीका नेपाल कन्ट्री डाईरेक्टर प्रशान्त शाहले बताए ।

उनकाअनुसार करिब ४० देशका प्रतिष्पर्धीहरुबीच प्रतिष्पर्धा गर्नका लागि उनीहरु भारतका मुम्बई जान लागेका हुन्।बुटवल लगाएत नेपालमा भएका विभिन्न प्रतियोगिताका विजेता,लामो समयदेखि सौन्दर्य प्रतियोगितामा सहभागिता र करिब एक् महिनाको कार्यशालाबाट छनौट भई उनीहरु नेपालबाट प्रतिनिधि हुन सफल भएको कोरियोग्राफर समेत रहेका शाहले जनाए ।

आइतबार बुटवलमा पत्रकार भेटघाट कार्यक्रम गर्दै प्रतियोगीद्वयले आफूहरु तयारीका साथ सहभागिता जनाउन लागेका बताए । प्रतियोगी दुबै जनाले मोडलिङ क्षेत्रलाई नै करियर बनाउने लक्ष्य रहेको बताउँदै भारतमा हुने प्रतियोगितामा उत्कृष्ट प्रस्तुती दिने जनाए ।

सहभागितका लागि नेपालबाट सहभागी हुने उनीहरुले ड्रेस र व्यक्तिगत खर्च बाहेक अन्य सबै आयोजक कम्पनीले आँफै व्यवस्थापन गर्ने आयोजक कम्पनीका नेपाल निर्देशक प्रशान्त शाहले जानकारी दिए ।

नेपालको प्रतनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुन जाने लागेका दुबैका लागि मेक अप पार्टनर आष्मा मेकअप स्टूडियो र डे«स पार्टन्र ट्रिनिटी फेसन इन्ष्टिच्यूट रहेको शाहले बताए । पत्रकार सम्मेलनमा आष्मा मेकअप स्टूडियोकी प्रबन्ध निर्देशक विष्णु गैरे पाण्डे, ट्रिनिटी फेसन इन्ष्टिच्यूटकी मनु थापा लगाएतको उपस्थिति रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?