अर्घाखाँची : गठबन्धनका बागी उम्मेदवार रामबहादुर चौहानद्वारा उम्मेदवारी निष्क्रिय

उम्मेदवारी निष्क्रिय पार्न आर्थिक चलखेल नगरेको जिकिर

अर्घाखाँची । अर्घाखाँचीमा गठबन्धनका बागी उम्मेदवार रामबहादुर चौहानले उम्मेदवारी निष्क्रिय पारेका छन ।

निर्वाचनको २१ दिन बाकीँ रहदाँ अर्घाखाँचीको प्रदेश सभा (क) मा एकिृकत समाजवादीका तर्फबाट उम्मेदवारी दर्ता गरेका राम बहादुर चौहानले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका हुन् । उम्मेद्वारी निष्क्रिय पारे संगै उनले गठबन्धनका साझा उम्मेदवार जनमोर्चाका सागर केसिलाइ समर्थन गर्ने बताएका छन् ।

आइतबार सन्धिखर्कमा भएको पत्रकार सम्मेलनमा बोल्दै चौहानले उम्मेदवारी निष्क्रिय पारेर प्रतिगमनका विरुद्ध एकतावद्ध भएर लाग्ने बताए । केपी ओलीले गरेको संसद विघटन संविधान विरोधी भएकाले गठबन्धनको तर्फबाट प्रतिनिधी सभाका उम्मेदवार पुष्पा भुसाल, प्रदेश सभा (क) मा जनमोर्चाका सागर केसी र प्रदेश सभा (ख) मा काँग्रेसका कमल भुसालको जित अपरिहार्य रहेको बताए ।

गठबन्धनको जितका लागी उम्मेदवारी फिर्ता लिएको भन्दै चौहानले उम्मेदवारी निष्क्रिय पार्न आर्थिक चलखेल नगरेको समेत बताए । उनले यो समयमा अर्थिक चल्खेल गर्नु भनेको आमाको रगत खानु सरह हो भन्दै आफुले त्यस्तो नगरेकोले अनावश्यक भ्रम नछर्न समेत आग्रह गरेका छन् ।

गठबन्धनका साझा उम्मेदवारको रुपमा प्रदेश क मा जनमोर्चाका सागर केसिलाई तोकिएको भए पनि एकीकृत समाजबादिका जिल्ला अध्यक्ष समेत रहेका चौहानले गठबन्धनको निर्णय बिरुद्द उमेदवारि दर्ता गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?