राष्ट्रपति भण्डारी आज आइसल्याण्ड जाँदै

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी आज जनगणतन्त्र आइसल्याण्ड भ्रमणमा जाँदैछिन्।

१७ जना प्रतिनिधिमण्डलको टोलीसहित उनी आज  साँझ ६ बजे आइसल्याण्ड प्रस्थान गर्ने प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिए।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन्।  त्यहाँ राष्ट्रपतिले कार्तिक २३ गते डब्लुपीएल कार्यक्रममा किनोट स्पीच प्रस्तुत गर्ने कार्यसूची रहेको ढकालले बताए।

सोही दिन साँझ राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने कार्यक्रम रहेको छ।  सो अवार्ड यही वर्षको सुरुवातमा घोषणा भएको थियो। उक्त कार्यक्रममा पनि राष्ट्रपतिले छोटो मन्तव्य दिने कार्यक्रम रहेको छ।

राष्ट्रपति भण्डारी कतार एयरवेजको जहाजमार्फत त्यसतर्फ प्रस्थान गर्ने र भ्रमण सम्पन्न गरी सोही एयरलाइन्सबाट कात्तिक २६ गते बिहान ७ः३० बजे स्वदेश फर्कनेछिन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?