१६ वर्षमा पहिलाेपटक आमा बनेकी काेराकाे २८ वर्षमै नाै सन्तान

एजेन्सी । २८ वर्षको उमेरमा ९ सन्तानकी आमा बनेकी अमेरिकाको लसभेगास बस्ने दक्षिण एसियाली मूलकी नागरिक हुन् कोरा ड्यूक।

हाल ३९ वर्षकी कोराले सन् १९९९ मा आन्द्रेसँग विवाह गरिन् विवाहको १ वर्षपछि सन् २००० मा १६ वर्षकै उमेरमा उनी पहिलोपटक आमा बनिन्।

ड्यूकले आफ्नो पति आन्द्रेलाई भेट्दा उनी हाइस्कुल पढ्दैथिइन्। विवाहको २२ वर्षपछि यी दम्पतीका ९ सन्तान छन्।

दम्पतीका २१ वर्षीया सन्तान आलिया, २० वर्षीया शीना, १७ वर्षीया युना, १७ वर्षीया झान, १७ वर्षीय क्यारो, १६ वर्षीया सय्याह, १४ वर्षीया अवि, १३ वर्षीय रोमानी, १२ वर्षीया ताहज र १० वर्षीया सन्तान छन्। ड्यूक लगातार १२ वर्षदेखि गर्भवती छिन्।

९ सन्तानकी आमा कोरा ड्यूक सामाजिक सञ्जालमा निकै लोकप्रिय छिन्। उनी आफ्ना बच्चाहरूसँग पारिवारिक भिडियो र फोटोहरू सेयर गरिरहेकी हुन्छिन्। यद्यपि उनी एक भारोत्तोलक पनि हुन् र आफ्नो फिटनेससँग सम्बन्धित पोस्टहरूमा अपडेट हुन्छिन्।

अमेरिकाको लस भेगास निवासी कोरा ड्युकलाई सामाजिक सञ्जालमा प्रयोगकर्ताले ‘सुपरमम’ भनेर बोलाउँछन्।

कोरा भन्छिन्, ‘२८ वर्षको उमेरसम्म मैले नौ सन्तान जन्माउने योजना बनाएकी थिए।’

कोरा ड्युकलाई इन्स्टाग्राममा ४ लाखभन्दा बढिले फलो गरेका छन्। उनलाई देखेर कसैले अनुमान गर्न सक्दैन कि उनी ९ सन्तानकी आमा बनेकी छिन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?